तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको खि ल्होसार तालिका सार्वजनिक ।

जनजाती बिशेस

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको खि ल्होसार तालिका सार्वजनिक  ।

डिसेम्बर ०४ लोकेन तमु फिष्टेल न्युज सम्बतदाता पोखरा :-तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिले गत बर्षहरुमा झै यसपाली पनि तमु जातिको महान राष्ट्रिय चाड ल्होसार मनाउने भएको छ । च्याह ल्होको बिदाइ र खि ल्होको आगमनमा युवा समितिको आयोजनामा फ- लि- ना कोहिबो शक्ति घाट रानिपौवा पोखरामा ल्होसार कार्यक्रम मनाउन गै रहेको संघका केन्द्रिय युवा अध्यक्ष सुकबहादुर सरब्ज तमुले बताउनु भएको छ ।

ल्होसार कार्यक्रम अन्तरगत पुस १३ गते ११ बजे छेलो हान्ने प्रतियोगिता ,१३ गते १ बजे रस्साकस्सी प्रतियोगिता ,१४ गते बिहान ८ बजे रक्तदान ,१४ गते शुभकामना अदानप्रदान तथा अन्तरसमाज सामुहिक नृत्य प्रतियोगिता ,१४ ग्ते दिउँसो १ बजे चित्रकला प्रतियोगिता ,४ बजे म्युजिककल चेयर,राती १२ बजे वोन फायर,१५ गते बिहान ६ बजे पच्यु गुरुहरुबाट छ्योप तेहे,क्ल्हेप्री गुरुहरुबाट थासो तेहे,७ बजेबाट पितृको नाममा बत्ति बाल्ने,११ बजेदेखि पच्यु,क्ल्हेप्री गुरुहरुबाट रुप ( मन्त्रले जपेको धागो) लगाउने ,११ बजेबाट दासौ खुल्ला तथा सामुहिक नृत्य प्रतियोगिता ,११ बजेबाट स्योकै कार्यक्रम र बेलुका ५ बजे समापन तथा पुरस्कार बितरण रहेको स्रोतले जनाएको छ ।साथै कार्यक्रममा सहभागिता बन्न समेत समितिले सबै तमु तथा गैर तमुमा अनुरोध गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...