तमु समुदायको लोपन्मुख धर्म गुरु बोन्पो लम् उत्थानको लागि पोखरामा बोन्पो लम् भेला हुने ।

जनजाती बिशेस

तमु समुदायको लोपन्मुख धर्म गुरु बोन्पो लम् उत्थानको लागि पोखरामा बोन्पो लम् भेला हुने ।

अक्टुबर १० पोखरा :-तमु प्ये ल्हु संघको अधिकारिक मान्यता र तमु जातिको मौलिक प्येताँ ल्हुताँ वमोजिम तमु वोँन धर्म अन्तर्गतका धर्म गुरुहरु पच्यु, क्ल्हेप्री र वोँन्पो लम हुन् । तमु जातिको ती तीन खेगीहरु मध्ये वोन्पो लम धेरै पिछडिएको अर्थात ओझेलमा परेको खेगी हो ।

न्यून संख्यामा सिमित क्षेत्रमा रहेको वोँन्पो लम लोपोन्मुख अवस्थामा जीर्ण रुपमा बचेका छन् । केही वोन्पो लमहरु आफ्नो मौलिक परम्परागत संस्कार सँस्कृति त्यागेर फरक कर्मकाण्ड गरी नयाँ पहिचान कायम गर्न थालेका छन् । त्यस्तै र यस्तै विविध कारणहरुले गर्दा मौलिक तमु खेगी वोन्पो लम लोप हुदै गएको दुःखद अवस्था छ । यस्तो जीर्ण अवस्थामा पनि आफ्नो मौलिक पहिचानलाई आत्मासात गर्दै परम्परागत वोँन धर्मिक आस्था, विश्वास र अभ्यासलाई कर्तव्यनिष्ठ रुपमा निरन्तरता दिँदै आएको वोन्पो लमहरुको संगठित स्वरुप निर्माण गरी यथोचित उत्थान गराउन तमु प्ये ल्हु संघले प्रथम वोँन्पो लम भेला आयोजना गर्ने भएकोछ ।

तमु प्ये ल्हु संघ प्रवास शाखाहरुको सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संरक्षकत्वमा तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीको आयोजना एवं तमु प्ये ल्हु संघ जिल्ला समिति लमजुङ र तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाको सह–आयोजनामा यही आउँदो २०७४ कार्तिक २४, २५ र २६ गते तदानुसार १०, ११ र १२ नोभेम्बर २०१७ मा फलिना क्होँईवोँ, पोखरा लेखनाथ– ११, रानिपौवामा देशभरका तमु वोँन्पो लमहरुको विशाल सहभागिता रहनेगरि प्रथम तमु वोँन्पो लम भेला आयोजना गर्न गईरहेको हुँदा देशभरका विभिन्न जिल्लाहरुमा रहेका सबै तमु वोँन्पो लम धर्मगुरुहरुलाई सम्पर्कमा आई उपस्थिति जनाई दिनु हुन एवं सम्बन्धित तथा सरोकारवाला महानुभावहरुले आफ्नो नजिकमा रहेका वोँन्पो लमहरुलाई तमु प्ये ल्हु संघमा सम्पर्क गराई दिनु हुन विनम्र अनुरोध गरिएको छ ।

त्यसैगरि प्रथम तमु वोँन्पो लम भेलाको शोभा बढाई भेलालाई भव्य र सभ्य रुपमा सफल बनाई दिनु हुन तमु प्ये ल्हु संघका सम्पूर्ण जिल्ला शाखा तथा ईकाईहरु, विभिन्न तमु संघ–सँस्थाहरु, विभिन्न तमु समाज तथा भाई खलकहरु र देशभरका सम्पूर्ण तमुहरुलाई विनम्र निवेदन सहित हार्दिक आव्हान गर्दछौँ ।

सम्पर्कः- १) धन बहादुर टु क्ल्हेप्री तमु (गोरखा): ९८६१०५६२०५८

२) क्या. मिल बहादुर चोर्मी तमु (लमजुङ): ९८४६०७४६६०

३) मनमाया टु क्ल्हेप्री तमु (लमजुङ): ९८४६०७४४५३

४) ओम बहादुर प्हच्यु तमु (कास्की): ९८४६०३०७३३

५) बिष्णु भुज तमु (कास्की): ९८५६०३३९९६

 

यश कार्यक्रम सफल बनाउनको लागि तमु प्ये ल्हु संघ बिदेश शाखाहरु,तमु समाज लगायत करीब २० देशको गुरुङ् संघ-सस्थाहरु र प्रतिनिधि हरु बाट प्रश्न च्हाक्ली तमुको नेतृत्वमा एउटा जम्भु टोली आर्थिक सहयोग समिती समेत गठन गरिएको छ ।

स्रोत :-तमु प्ये ल्हु डोट कम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...