एन आर एन ए इजरायलको ११ औ बार्षिकोत्सव तथा बिदाई कार्यक्रम आउदो डिसेम्बर १ मा हुने |

विदेश

एन आर एन ए इजरायलको ११ औ बार्षिकोत्सव तथा बिदाई कार्यक्रम आउदो डिसेम्बर १ मा हुने |
मंसीर ११ इजरायल :-गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको बार्षिक उत्सव कार्यक्रम भब्य रुपले मनाउने भएको छ |सो ११ औं बार्षिकोत्सव कार्यक्रम डिसेम्वर १ तारीख शनिवारको दिन बिहान तेल अभीव स्थीत एभरेस्ट डिस्को हलमा भब्य रुपमा मनाउने भएको एन आर एन ए इजरायलका प्रबक्ता डोमा शेर्पाले बताउनु भएको छ | साथै सोही दिन इजरायलका लागी महामहिम नेपाली राजदुत श्री निरन्जन कुमार थापा ज्यु लाई पनि एन आर एन ए एनसीसी इजरायल र नेपाल आदिवासी जनजाती महासंघ इजरायलको संयुक्त आयोजना मा बिदाई गर्ने कार्यक्रम पनि रहेको छ । बिगत लामो समय देखी इजरायललाई आफ्नो कर्म भुमी बनाउदै आउनु भएका एन आर एन ए का अध्यक्ष श्री छिरीङ लामा शेर्पा नेपाल जन्म भुमी फर्कनु हुने भएकोले संस्थाको कार्यभार कार्यबहाक बरिष्ठ उपादध्य श्री शान्ता ज्ञवाली अधिकारीले समाल्नु हुनेछ | महामहिम नेपाली राजदुत तथा अध्यक्ष शेर्पालाई संयुक्त रुपमा बिदाई गरी संस्थाको बार्षिक प्रतिवेदन र आर्थिक आय ब्यय लाई पनि बुझाउने भएको छ ।साथै एन आर एन ए इजरायललाई आर्थिक नैतिक र भौतिक रुपमा सहयोग पुर्याउदै आउनु भएको संघ संस्था लगायतका ब्यक्तित्वहरु लाई सम्मान स्वरुप सोही कार्यक्रम मा प्रमाण पत्र पनि बितरण गर्ने कार्यक्रम रहेको छ ।सो कार्यक्रममा इजरायल वासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबैनीहरुमा उपस्थितीको लागी एन आर एन ए इजरायलले हार्दिक आमन्त्रण गरेको छ ।

कार्यक्रम :- एन आर एन ए इजरायलको ११औ वार्षीक उत्सव तथा बिदाई कार्यक्रम मिती :-०१ डिसेम्बर २०१८ शनिबार स्थान :-एवेरेस्ट डिस्कोहल(तेल अभिव ) समय :-११ बजे

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...