समाजसेवी दुर्गा गुरुङद्वारा फोनिज गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान।

विदेश

समाजसेवी दुर्गा  गुरुङद्वारा फोनिज गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान।
जुलाई १ मणि सरब्ज गुरुङ / पोखरा:-हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपाल र मिलन वर्ल्ड डट न्यूज मार्फत् फोनिज, गण्डकी प्रदेश लाई २५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । गुरुङले प्रदान गरिएको सर्जिकल मास्क, केएन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री मंगलबार फोनिज, गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको छ । समाजसेवी गुरुङकी आमा एवं मिलन ट्रष्ट नेपालकी संरक्षक, समाजसेवी सावित्री गुरुङले फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा सामग्री ग्रहण गर्दै फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगरले समाजसेवी गुरुङले फोनिज र पत्रकार प्रति देखाउनु भएको सद्भाव एवं सहयोगको सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिलेको समयमा सच्चा दिलले सामाजिक सेवा गर्ने व्यक्तिको अभाव भएको भन्दै मगरले समाजसेवी गुरुङ भने त्यसको अपवाद भएको बताएका छ्न । अध्यक्ष मगरले समाजसेवी गुरुङले गर्नुभएको सहयोगको फोनिजले उच्च मूल्याङ्कन गर्ने र सहयोगलाई सही ठाउँमा प्रयोग गरिने वाचा गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका छ्न। त्यस्तै, समाजसेवी गुरुङले राम्रो काम गर्ने संस्थालाई आफूले सधैं सहयोग गर्ने उल्लेख गरेका छ्न।समाजसेवी गुरुङले प्रदान गरेको सुरक्षा सामग्री कोभिड–१९ को जोखिमका बीच क्रियाशील गण्डकी प्रदेश अन्तर्गत फोनिजका विभिन्न जिल्ला शाखा मार्फत् पत्रकारहरू लाई वितरण गरिने फोनिज, गण्डकी प्रदेशकी संगठन सचिव खिमा गुरुङले जानकारी गराएको छ । फोनिज, गण्डकी प्रदेशले यसअघि, फोनिज, गण्डकी आकष्मिक कोष स्थापना गर्ने निर्णय समेत गरिसकेको छ । समाजसेवी गुरुङले यसअघि, पनि विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री, स्वास्थ्य सामग्री लगायतका सहयोग गरि सकेको छ । सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगर सहित महासचिव रूद्रबहादुर श्रीसमगर, संगठन सचिव खिमा गुरुङ, अनुशासन आयोगका अध्यक्ष मणि गुरुङ, कार्यसमिति सदस्यद्वय मीना थापामगर र सुमन गुरुङको समेत उपस्थिति रहेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...