तमु समाज युएईको तमु फो-ल्होसार अन्तिम तयारी बैठक सम्पन्न ।

विदेश

तमु समाज युएईको तमु फो-ल्होसार अन्तिम तयारी बैठक  सम्पन्न ।
पुस १६ मान सिङ तमु (मानु कोन्मे),सम्बत्दाता युएई:- तमु समाज युएईको अन्तिम फो-ल्होसार तयारी बैठक यही मिति २०१८ डिसेम्बर २८ तारिख शुक्रबार उषा निवास शारजाह युएईमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा सम्पन्न भएको छ।बैठकमा प्रमुख अथिती तमु समाज युएईका संरक्षक राजु तमु रहनु भएको थियो भने अतिथिमा समाज कै केन्द्रिय वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु,केन्द्रिय उपाध्यक्ष नन्द जंग तमु ,आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु र दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमु रहनु भएको थियो । उक्त बैठकमा तमु समाज युएईका केन्द्रिय पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय समितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय समितिका पदाधिकारीहरु,मानर्थ सदस्यहरु,सक्रिय सदस्यहरु,बुद्धिजीवी माहनुभाव तथा शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको थियोे । बैठक संचालन तमु समाज युएईका महासचिव पबित्र तमुस्योले संचालन गर्नु भएको थियो भने प्रस्ताव तमु समाजका सचिव इन्द्र तमुले प्रस्तुत गर्नु भएको थियो। बैठकमा जनवरी ०४ तारिख शुक्रबार मलयलम समाजम क्लब मुसाफा (KM Treading पछाडी ) आबुधाबी युएईमा सम्पन्न हुन गइ रहेको तमु फो-ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गराउनको लागि महत्वपूर्ण निर्णयहरु गर्दै आन्तिम बैठक सम्पन्न भएको छ। तमु फो-ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गराउनको लागि संयोजकमा नन्द कुमार तमु ,सह-संयोजकमा नन्द जंग तमु,प्रायोजक प्रमुखमा पबित्र तमुस्यो,,प्रायोजक दुबई प्रमुखमा डेर राज तमु,प्रायोजक आबुधाबी प्रमुखमा राजु तमु ,सदस्यहरुमा नन्द जंग तमु , अमृत तमु ,प्रबिण तमु , उज्जल तमु ,सांस्कृतिक बिभाग प्रमुखमा अमृत तमु ,उप प्रमुखमा किरण तमु ,व्यवस्थापन बिभाग प्रमुखमा राजु तमु ,प्रचार प्रसार बिभाग प्रमुखमा मान सिङ तमु,अथिती सत्कार बिभाग प्रमुखमा इन्द्र तमु , अमृत तमु , किरण तमु , टिक माया तमुस्यो , रिना तमु , कलैस तमु , शान्त तमुस्यो , ममता तमुस्यो ,रमिला तमुस्यो,मेन गेट स्वयंसेवक बिभाग प्रमुखमा मुनिन्द्र तमु ,प्रभात तमु, यम तमु (दुबई), राजु तमु (दुबई), सनम तमुस्यो ,नितु तमुस्यो,आर्थिक बिभाग प्रमुखमा (काउण्टर) बल बहदुर तमु ,सदस्यहरुमा मीना तमुस्यो , अनिता तमुस्यो , रबिन्द्र तमु ,स्वयंसेवक बिभाग प्रमुखमा यम तमु (स्याङ्जा), सदस्यहरूमा उज्जल तमु , बुद्ध तमु , यम तमु (कास्की), विवेक तमु , संजय तमु , प्रवीण तमु , बिजय तमु, पुर्ण तमु , राम तमु ,ब्याक स्टेज स्वयंसेवक बिभागमा सन्तोष तमु, हिमाल तमु , उज्जल तमु ,अथिती कलाकार सेक्युरिटी बिभागमा सृजना तमुस्यो,औपचारिक कार्यक्रम संचालनको लागि शिव जंग तमु , पबित्र तमुस्यो ,सांस्कृतिक कार्यक्रम संचालनको लागि इन्द्र तमु ,प्रबिण तमु ,रमेश लेम तमु , तारा तमु ,ल्हो (बर्ग) आउनेको नाम संकलन गर्नको लागि इन्द्र तमु ,मान सिङ तमु ,यातायात व्यवस्थापनमा ग्रीन लाइन ट्राभल बाट ११ बजे कार्यक्रम स्थल मुसाफा सम्म फ्री दर्शक लैजानको लागि कृष्ण गौतम ,जय नेपाल रानाभाट ,तमु फो-ल्होसार कार्यक्रम अवधिभर फोटो खिच्नको लागि फोटो ग्राफरमा संजय तमु लाई जिम्मा दिएको छ।अथिती कलाकार दुबई एयरपोर्टमा स्वागतको लागि दुबई क्षेत्रीय समितिका पदाधिकारी लाई तोकेको छ भने अथिती कलाकार दुबई एयरपोर्ट बाट ल्याउन र लैजानको लागी दिनेश हमाल लाई जिम्मेवारी दिइएको छ।उक्त बैठकमा दुबई क्षेत्रीय समितीको संयोजकत्वमा सम्पन्न भएको तमु फो-ल्होसार कप - २०१८ फुटबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गराउन सफल भएकोमा तमु समाज युएई दुबई क्षेत्रीय समिति लाई अध्यक्ष उषा तमुस्यो द्वारा धन्यवाद दिनु भएको थियो । बैठकको समापन तमु समाजका अध्यक्ष तथा बैठकका अध्यक्ष उषा तमुस्योले गर्नु भएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...