बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना |

विदेश

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना |

फेब्रअरी ९ मुम्बई:- बलिउडका महानायक अमिताभ बच्चन अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छैन ।

अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेतासमेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आज मात्रै उनको आगमी फिल्म ‘१०२ नट आउट’को पहिलो टीजर रिलिज भएको थियो ।

साभार ;-बलिवुड न्युज


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...