सांगीतिक सांझा २०१८ को तयारी पुरा ,कार्यक्रममा उपस्थितिको लागि इजरायलबासीमा आयोजकको अनुरोध |

विदेश

सांगीतिक सांझा २०१८ को तयारी पुरा ,कार्यक्रममा उपस्थितिको लागि इजरायलबासीमा  आयोजकको अनुरोध |
मार्च १४ ईजरायल :-'' नेपालमा गरिब,असहाय,अपाङ्ग र जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेको किराँत याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारी कोष बृद्दि गर्ने उद्देश्य राखी किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजना सांगीतिक साँझको आयोजना हुने भएको छ |

ह्योल्मो समाज इजरायल ,नेपाल मगर संघ इजरायल र किराँत राई यायोख्खा इजरायलको सह-आयोजनामा हुने सो च्यारिटी सांगीतिक सांझ कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार नेपाल आइडलका टप ४ स्थानका उदयमान गायक सागर आले र हास्य कलाकार( झाक्री बाजे) उपेन्द्र सुब्बाले भरपुर मनोरंजन दिनुहुनेछ |साथै वहाहरुको साथमा इजरायलका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ कार्यक्रम हुन गइरहेको छ | उक्त कार्यक्रम भब्यताका साथ सफल गर्न आयोजकहरुको तयारी पुरा भएको छ | यस कार्यक्रममा सहभागी हुनु भै कार्यक्रम सफल बनाई दिनु समस्त नेपालीभाषीहरुमा आयोजकद्वारा हार्दिक अनुरोध गरिएको छ |

''सांगीतिक साँझ''

आयोजक :-

किराँत याक्थुङ चुम्लुङ इजरायल

स -आयोजक :-

ह्योल्मो समाज इजरायल ,नेपाल मगर संघ इजरायल र किराँत राई यायोख्खा इजरायल

मिती:-१६ मार्च २०१८

समय :-०६:३० बजे साँझ

स्थान :हगना १३५ बेतबारबर तेल अभिव

टिकेट :-१०० सेकेल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...