कास्कीको रामादीमा तमुको मौलिक धर्म “बोन” धर्म र बोनको धार्मिक ग्रन्थ तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया।

मूलबासि /भूमिपुत्र

कास्कीको रामादीमा तमुको मौलिक धर्म “बोन” धर्म र बोनको धार्मिक ग्रन्थ तमु प्ये ताँ ल्हु ताँ बारे अन्तरक्रिया।
अगस्ट ३ मिलन गुरुङ / पोखरा :-तमु प्ये ल्हु संघ जिल्ला इकाई समिति रामादीको आयोजनामा हिजो साउन १८ गते कास्कीको रुपा गाउँपालिका-५ रामादी गाउँमा तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन ।तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको प्रमुख आथित्यतामा तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार मन बहादुर म्रु तमुको विशेष सक्रियतामा तमु प्ये ल्हु संघ केन्द्रिय पच्यु समितिका अध्यक्ष पिपिसी कुल प्रसाद क्रोम्छें तमु र केन्द्रिय क्ल्हेप्री समितिका अध्यक्ष लोक बहादुर टु क्ल्हेप्री तमुसँग सो अन्तरक्रिया भएको हो । राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गर्दै राखिएको सो अन्तरक्रिया कार्यक्रममा तमुको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, भेषभुषा आदि नै तमुको पहिचान र अस्तित्व रहेकोले तथ्यांक संकलन र अभ्यासका लागि आजैदेखि अभियानको रुपमा लाग्न संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले त्यहाँका स्थानीय तमुहरुलाई उदृत गर्दै अपिल गरेको छ । यसै क्रममा केन्द्रिय महासचिव हर्क योज तमुले दुई सय वर्ष पुरानो प्राकृतिक जडिबुटीलाई स्मरण गराउँदै अहिलेको होमियोप्याथिक आर्सनिक एलबम ३० औषधिले पनि मानव शरीरको कुनैपनि अप्राकृतिक रोगसँग लड्नसक्ने क्षमता अभिवृद्धि गराउन मदत गरेको कुरा बताउँदै केन्द्रिय अध्यक्ष मार्फत इकाईका अध्यक्ष इन्द्रबहादुर क्होला तमुलाई ४० घरधुरी बराबरको सो होमियोप्याथिक शक्तिवर्धक औषधि हस्तान्तरण गरेका थिए । यसैगरी आफ्नै किसिमको पृथक संस्कार संस्कृति र पहिचान बोकेको तमुको गोत्रा हुँदैन, तमुको न्हेजा हुन्छ र त्यही न्हेजा नै तमुको आन्तरिक परिचय हो । हिन्दु धर्मका ऋषिमुनिहरुको नामबाट जबर्जस्त लादिएको गोत्रा तमुको वास्तविकता नभएको कुरा श्रोत व्यक्ति क्ल्हेप्री चिबा लोक बहादुर टु तमुले बताएका छ्न। अर्का श्रोत व्यक्ति पच्यु पैडी चिबा कुल प्रसाद क्रोम्छें तमुले गोलो अनुहार, थेप्चे नाक, छोटो कद भएका हामी तमुहरु मंगोलियन अनुहारसँग मिल्दोजुल्दो भएकोले हामीसँग आफ्नै किसिमको धर्म संस्कार र मौलिकता रहेको बताउनु हुन्छ । मान्छे जन्मेपछि छोरीलाई ७ दिनमा र छोरालाई ९ दिनमा नाम दिइन्छ जसलाई हिन्दुले न्वारान भन्ने गरिन्छ । यसैगरी छोराछोरीको बिहे गर्दा ल्हो (बर्ग) हेराएर गरिन्छ शुभ अशुभ संकेत अनुसार ३/५/७/९ यी बेजोड बर्गहरुमा पर्नेसँग सकभर बिहे नगराउने कुरा प्ये मा उल्लेख भएको बताएका छ्न। कार्यक्रममा तमु प्ये ल्हु संघ अमेरिकाका सल्लाहकार हर्क बहादुर त्होर्जे तमु, यूकेका सल्लाहकार मन बहादुर म्रु तमु, जिल्ला कार्यसमिति कास्कीका कार्यवाहक अध्यक्ष निम बहादुर प्हच्यु तमु, स्थानीय भूपू शिक्षक, पूर्व बृटिस आर्मी, एवं बुद्धिजीवी समाजसेवी धनराज क्होला तमु, रुपा गाउँपालिका-५ का वडा अध्यक्ष टेक बहादुर क्रोम्छें तमु, खेगी गुरुहरुमा पच्यु भोजराज क्होला तमु, क्ल्हेप्री कर्ण बहादुर टु तमु, सूर्यबहादुर टु तमु र मीनबहादुर टु तमुको उपस्थिति रहेका थिए । यसरी सम्पन्न भएको सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उठेका प्रस्तावहरु माथी वृहत छलफलपछि नौवटा बुंदाहरुको निष्कर्ष निकालेका छन । १) तमुको मौलिक धर्म प्राकृतिक "बोन" धर्म हो । २) तमुको मातृ भाषा "तमु" हो । ३) तमुको धार्मिक ग्रन्थ "तमु प्ये ताँ ल्हु ताँ" हो । ४) तमुको खेगी गुरुहरुमा "पच्यु, क्ल्हेप्री र बोन्पो लम" हुन । ५) तमुको आस्थाको धरोहर केन्द्र पवित्र "क्होइबो" हो । ६) तमुको प्ये छ्यामा एकरुपता दिने । ७) तमुको गोत्रा हुँदैन "न्हेजा" हुन्छ । ८) तमु प्ये शास्त्रको अध्ययन अनुसन्धान गर्ने । ९) राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा "बोन" लेख्ने र भाषाको महलमा "तमु" लेख्ने । तमु प्ये ल्हु संघ जिल्ला इकाई समिति रामादीका अध्यक्ष इन्द्रबहादुर क्होला तमुको सभापतित्वमा सम्पन्न सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई भूतपूर्व शिक्षक एवं बुद्धिजीवी भविश्वर प्हच्यु तमुले स्वागत मन्तव्य दिएका थिए भने सचिव तिलमाया म्रु तमुले औपचारिक सञ्चालन गरेकी थिइन साथै केन्द्रिय महासचिव हर्क योज तमु र प्रदेश समितिका सचिव मिलन क्रोम्छें तमुले कार्यक्रममा सहजीकरणको भुमिका निभाएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...