तमु (गुरुङ )समाज कतारले ”तमु फो ल्होसार तथा स्यो कै कार्यक्रम २०१९ ”भब्य रुपले मनाउने |

विदेश

तमु (गुरुङ )समाज कतारले ”तमु फो ल्होसार तथा स्यो कै कार्यक्रम २०१९ ”भब्य रुपले मनाउने |
कार्तिक १५ दोहा :-तमु(गुरुङ) समाज, कतारको आयोजनामा राष्ट्रिय पर्ब ल्होसारलाइ यस वर्ष "फो ल्होसार तथा स्यो कै कार्यक्रम२०१९ " धुमधामका साथ मनाउने तयारी गरेको छ । तमु ल्होसार उल्लास र उमङ्गका साथ हरेक वर्ष संसार भर छरिएर रहेका तमु समुदायमा आपसी सद्भाव र एकताको सन्देश सहित मनाउँदै आइरहेको छ, त्यसै क्रममा तमु (गुरुङ )समाज कतारले पनि यस वर्षको "फो ल्होसार" तमुहरुको धर्म ,सस्कार रितिरिवाज ,सस्कृति विशेष झल्किने बिबिध कार्यक्रमका साथ्  जनावरी ०४, २०१९ को दिन दोहामा मनाइने निर्णय गरेको तमु (गुरुङ )समाजका प्रथम उपाध्यक्ष तथा  फो ल्होसार कार्यक्रम  प्रचार प्रसार संयोजक खुसीमान गुरुङ्गले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा सहभागी हुनु भइ कार्यक्रमको शोभा बढाइ दिनु हुनको तथा तमुहरुको महान मौलिक पर्वलाई भव्यताका साथ सम्पन्न गराउन सम्पूर्ण कतारबासि तमु दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि तमु(गुरुङ ) समाजद्वारा हार्दिक अनुरोध गरेको छ |यस सम्बन्धी बिस्तृत जानकारी पछी गराउने पनि फो ल्होसार   प्रचार प्रसार संयोजक गुरुङले  बताउनु भएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...