तमु प्ये ल्हु संघको २८ औ साधरण सभा सम्पन्न |

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघको २८ औ साधरण सभा सम्पन्न |
फिस्टेल न्युज,सम्बाददाता ,६ असोज ,चितवन:- तमु प्ये ल्हु संघको केन्द्रिय २८ औ साधरण सभा शनिबार चितवनमा सम्पन्न भएको छ ।तमु प्ये ल्हु संघ चितवन जिल्ला शाखाको ब्यबस्थापनमा भरतपुर महानगर पालिका -७ गुन्जनगरमा सम्पन्न सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुर महानगर पालिकाका उप प्रमुख पार्बती शाहले तमु जाति एकबद्द भै लोप हुन गइरहेको जातीय भाषा ,धर्म,सस्कार,सस्कृतिको जगेर्नामा अघि सरेकोमा प्रसम्स गर्नुभयो !उहाँले तमु जातिको भाषिक,धार्मिक,सास्कृतिक उत्थानका लागि आफुले सक्दो मद्दत गर्ने प्रतिबद्धता समेत गर्नुभयो ! प्रमुख अतिथि शाहलाई आयोजकको तर्फबाट घलेक र क्होईबो को प्रतीकले सम्मान गरिएको थियो ।स्याङ्जा ,कास्की ,तनहुँ ,गोर्खा ,लमजुङ ,काठमाडौ ,चितवन,मोरङ,संखुवासभा ,तेह्रथुम ,ताप्लेजुङ ,नवलपरासी ,रुपन्देही ,बर्दिया ,रोल्पा जिल्ला लगायतका जिल्ला अध्यक्षहरु,केन्द्रिय महिला ,युवा ,पच्यु,क्ल्हेप्री र बोन्पो लम समितिले बार्षिक प्रगति एवम् आर्थिक प्रतिबेदन पेश गरेकाथिए । कार्यक्रममा केन्द्रिय सचिव बुद्धि चह्म्रु तमु र सह कोषाध्यक्ष ओम थिम्जे तमुद्वारा प्रस्तुत साङ्गठनिक एवम् आर्थिक प्रतिबेदन माथी छलफल गरि पास गरिएको थियो । समुद्धान समारोहलाई संघमा परम संरक्षक ,पुर्ब प्रहरी महानिरीक्षक हेमबहादुर त्होरजे तमु,केन्द्रिय पच्यु अध्यक्ष कुलप्रसाद क्रोम्छे,क्ल्हेप्री अध्यक्ष लोकबहादुर टु क्ल्हेप्री,,बोन्पो लम अध्यक गङ्गबहादुर लम तमु,चितवन शाखाका अदालतले जगत टु तमु,निबर्तमान अध्यक्ष एवम् सल्लाहकार संयोजक क्या. रुपबहादुर गरब्ज तमु,एक मात्र गुरुङ भाषा पाठशाला देबदह मदर टङ्स बोर्डिङ स्कुलका सस्थापक भिम टु तमु,केन्द्रीय महिला अध्यक्ष पुस्पा तेल्मे तमुले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिव बुद्धि तमु र स्वागत तृतीय उपाध्यक्ष तुलराम टु तमुले गर्नु भएको थियो । साधरण सभामा स्थानीय महिला तथा युवा समूहले गुरुङ सस्कृती झल्किने थुप्रै सास्कृतिक नृत्यहरु समेत प्रदर्शन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...