प्रदेश नम्बर ४ लाई गण्डकी नाम राखिएको प्रति तमु समाज र मगर संघ इजरायलले प्रेस बिज्ञप्ति मार्फत घोर बिरोध |

मूलबासि /भूमिपुत्र

प्रदेश नम्बर ४ लाई गण्डकी  नाम राखिएको प्रति तमु समाज र मगर संघ इजरायलले  प्रेस बिज्ञप्ति मार्फत घोर बिरोध |
जुलाई ७ फिष्टेल न्यूज:- ''पंचायती गण्डक प्रदेश मान्दैनौ ! तमुवान मगरात प्रदेश छाड्दैनौ !''प्रदेश नम्बर ४ अहिले प्रदेशको नामाकरणको कारण तातिएको छ |प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राखिएको बिरोधमा मगर र गुरुङ (तमु )हरुको भुमी भएकोले पहिचानको आधारमा तमुवान—मगराँत प्रदेश घोषणा गर्न माग गरिएको छ |तमुवान—मगराँत संघर्ष समितिले बिभिन्न बिरोधका कार्यक्रमहरुको घोषणा गरेर अघी बढ्ने योजना बनाएको छ भने आगामी असर २५ गते एक दिने प्रदेश बन्द गर्ने निर्णय गरेको छ |यसबाट पनि प्रदेश सरकारले नसुने आन्दोलनलाई अझै बेवास्ता गरे संघर्ष समिति र आदिवासी जनजाति महासंघले अनिश्चितकालिन बन्न गर्न सक्ने चेतावनी समेत दिएको छ। देश बिदेशका संघ ,सस्थाहरुबाट सो आन्दोलनमा प्रतिबद्दता सहित प्रेश बिज्ञप्तिहरु निकालेका छन् | यसै क्रममा नेपाल मगर संघ इजरायल र तमु समाज इजरायलले संयुक्त रुपमा तमुवान मगरात प्रदेश घोषणा गर्न तथा यसको लागि राखिएको बिरोधका कार्यक्रमहरुमा पूर्ण समर्थन रहेको उल्लेख गर्दै संयुक्त प्रेस बिज्ञप्ति जारी  गरिएकोछ |तमु समाज इजरायलका अध्यक्ष आश माया तमुस्यो र नेपाल मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा आदिवासी जनजातीहरुले सामर्थ्यको ४ र पहिचानका ५ आधारमा प्रदेशको नामांकन र संख्यांकन हुनु पर्ने लगायतका दर्जनौ बिभेदकारी धाराहरुको संशोधन गर्नु पर्ने र प्रदेश नम्बर ४ मगर र गुरुङ (तमु )हरुको थलो भएकोले एतिहासिक पृष्ठ भुमिको आधारमा प्रदेशको नामांकन 'तमुवान मगरात ''राखीनु पर्ने उल्लेख गरिएको छ |   प्रेस बिज्ञप्ति :-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...