तमुवान मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतविद जगमान गुरुङलाई बहिस्कार गर्ने |

मूलबासि /भूमिपुत्र

तमुवान मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतविद जगमान गुरुङलाई बहिस्कार गर्ने |
जुलाई ५ पोखरा :-पहिचान सहितको प्रदेश नामाकरणको माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतिविद् जगमान गुरुङलाई सबै कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको छ ।विहिबार बैठक बसेर समितिले पहिचान बिरुद्द कार्य गरेको आरोप लगाउँदै जातिय कुनैपनि कार्यक्रममा समावेश नगराउने निर्णय गरेको हो । ‘किरण र जगमानलाई कुनैपनि कार्यक्रममा नबोलाउने र उनीहरुको सबै कार्यक्रम बहिष्कार गर्ने समितिको निर्णय छ, संयोजक कर्म तमुले भनिन्–यति ठूलो आन्दोलन भैरहँदा पहिचानको पक्षमा लाग्नुपर्नेमा उल्टै अपब्याख्या गरी पहिचानको विरोध गर्नु हामीलाई सह्य छैन । उनीहरुको कुनैपनि कार्यक्रम हामी बहिष्कार गर्छौं ।’समितिले आदिवासी जनजाति कोटाबाट प्रदेशसभा सदस्य बन्ने अवसर पाएका र प्रदेशसभामा जनजातिका आवाज नउठाई दलको पछि लागेको भन्दै अन्य सदस्यहरुलाई पनि बहिष्कार गर्ने निर्णय गरेको छ । यस्तै पहिचान विरुद्ध चलखेल गरिएको भन्दै त्यसको विरोध स्वरुप शुक्रबार महेन्द्रपुलदेखि ¥याली आयोजना गरेको छ । माग सुनुवाई नगरी गण्डकी प्रदेश घोषणा गरे असार २४ गते चिप्लेढुंगाबाट शवयात्रा निकालेर गण्डकी नामलाई तुलसीघाटमा अन्त्यष्टी गर्ने निर्णय पनि गरेको छ । र यति गर्दा पनि माग नसुनिए प्रदेश नम्बर ४ अनिश्चितकालिन बन्द गर्ने घोषणा संघर्ष समितिको छ । बिज्ञप्ति

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...