तमु प्ये ल्हु संघ म्याग्दीको अध्यक्षमा लिल बहादुर गुरुङ सर्बसम्मत चयन |

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ म्याग्दीको अध्यक्षमा लिल बहादुर गुरुङ सर्बसम्मत चयन |
कात्तिक ७ फिष्टेल न्युज सम्बत्दाता थामडाडा,म्याग्दी :-बेनि नगरपालिका ४ थामडाडामा मंगलबार सम्पन्न म्याग्दीलि तमु समुदायको भेलाले लिलबहादुर पहच्यु तमुको अध्यक्षता तमु प्ये ल्हु संघ तदर्थ समिति म्याग्दीको गठन भएको छ ।उपाध्यक्ष ,सचिव ,सहसचिव कोषाध्यक्षमा क्रमशः गमानसिङ पर्जु तमु,भिमबहादुर पह्च्यु,बिश्नु पह्च्यु,चन्द्रा घले र सदस्यहरुमा पुर्णबहादुर पहच्यु,पृथबहादुर पर्जु तमु,तिलकबहादुर पहच्यु,देबबहादुर पर्जु,कृष्ण पह्च्यु तमु,नरसिंह पर्जु तमु हुनुहुन्छ । सोही कार्यक्रममा चन्द्रा घलेको अध्यक्षतामा तमु प्ये ल्हु संघ महिला समिति म्याग्दी समेत गठन गरिएको छ !जस्को उपाध्यक्षमा मिना तमुस्यो,सचीव बिमा तमुस्यो,सहसचिव बिस्नु पह्च्यु,कोषाध्यक्ष नन्दकुमारी तमुस्यो र सदस्यहरुमा मिरा तमुस्यो,कविता तमुस्यो हुनुहुन्छ । तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय भिमबहादुर पहच्यु, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर क्रोम्जे,स्थानीय जनप्रतिनिधि वडासदस्य देबबहादुर घले,पच्यु समिति केन्द्रिय अध्यक्ष कुलप्रसाद क्रोम्जे,क्ल्हेप्री समिति केन्द्रिय अध्यक्ष लोकबहादुर टु क्ल्हेप्री ,बोन्प लम समिति केन्द्रिय  उपाध्यक्ष चोकबहादुर लम तमु ,संघका कास्की शाखाका प्रथम उपाध्यक्ष निमबहादुर पह्च्यु तमु,केन्द्रिय महिला समितिका अध्यक्ष पुस्पा तेल्मे तमुस्यो,संघका केन्द्रिय प्रथम उपाध्यक्ष आइबहादुर ल्हेगे तमु, लगायतले बोल्नु भएको थियो । स्थानीय समाजसेवी एवम् भेला आयोजक मुल समितिका संयोजक भद्र पहच्यु तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रिय सचिव बुद्धि चह्म्रु तमुले गर्नु भएको थियोे भने नवगठित कार्यसमितिलाई केन्द्रिय सङ्गठन बिभाग प्रमुख हर्क योज तमुले सपथ ग्रहण गराउनु भएको थियोे । photo :-Mahendra Tamu

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...