इजरायलमा माघेसक्रान्ति पर्व भब्य रुपले सम्पन्न,मौलिकतामा रही मनाए मगरहरुले माघे सक्रान्ति |

मूलबासि /भूमिपुत्र

जनवरी २२ इजरायल :-नेपाल मगर संघ इजरायलले बिगतको बर्षहरुमा झै यस वर्ष पनि मगर समुदायको मौलिक चाड'' माघे सक्रान्ति २०१८''पर्व भब्य रुपले आफ्नो कुलको पुजाआज गरि सम्पन्न भएको छ |गएको शुक्रबारको दिन तेल अभिव स्थित एभेरेस्ट हलमा सम्पन्न सो कार्यक्रममा नेपाल मगर समाज इजरायलकी अध्यक्ष बिष्णु पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासबाट प्रथम सचिव हरिहर कान्त पौडेल तथा वहाकी धर्मपत्नी अनुपमा पौडेल ,बिशेस अतिथि एन आर एन ए इजरायलका महासचिव तेन्जिन शेर्पा , नेपाल आदिबासी महासंग इजरायलका प्रथम उपाध्यक्ष नरेश कुमार श्रेष्ठ तथा अतिथिहरुमा इजरायलमा रहेका विभिन्न जातीय ,सामाजिक ,राजनैतिक,धार्मिक संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | अतिथि असन ग्रहण पछि समाजका सदस्यहरु लता पुन मगर ,पुजा पुन मगर ,बिद्या थापा मगर र लक्ष्मी थापाले फेटा, खादा र ब्याज लगाई स्वागत गरिएको थियो |

27044462_1756398374392478_1893524368_n

mg4

कार्यक्रमका सभापति ,प्रमुख अतिथि तथा बिशेष अतिथिद्वारा दिप प्रज्वलन गरि उदघाटन पछि राष्ट्रिय गित र मगर राष्ट्रय गित ससम्मान गाइएको थियो |यस पछि विभिन्न चरणहरुमा नेपालमा भएको राजनैतिक आन्दोलनमा ज्यान अहुतिदिने महान ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो |कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई स्वागत गर्नु हुँदै माघे सक्रान्तिको शुभकामना सहित स्वागत मन्तब्य मगर संघ इजरायलका ससचिव चित्र जुग्जाली मगरले दिनु भएको थियो भने संगठन बिभाग सदस्य नन्द राना ,जनसम्पर्क समिति इजरायलका कार्यबाहक अध्यक्ष डम्मर गुरुङ ,एन आर एन ए इजरायलका महासचिव तेन्जिन शेर्पा ,नेपाल आदिबासी महासंघ इजरायलका प्रथम उपाध्यक्ष नरेश कुमार श्रेष्ठले मन्तब्य दिनु भएको थियो |शुभकामना मन्तब्य दिनु हुँदै कार्यक्रम प्रमुख अतिथि नेपाली राजदुताबासका प्रथम सचिव हरिहर कान्त पौडेलले नेपाल विभिन्न जातजातिहरुको सस्कार सस्कृतिले भरिको देश भएकोले यी सबैको सम्रक्षन गर्नु पर्ने धारण राख्नु भएको थियो |

mg5

mg2

mg0

mg6 कार्यक्रमको बिचबिचमा मगर समाज इजरायलका कलाकारहरुले मगर सस्कृति झल्काउने गित ,संगीत ,नृत्य प्रस्तुत गर्नु भएको थियो भने तरुल ,सेलरोटि र बटुक सहितको रात्री भोजको बेबस्था गरिएको थियो |कार्यक्रममा नेपाल मगर संघलाई यो स्थान सम्म ल्याउन विभिन्न समयमा ,विभिन्न क्षेत्रमा सहयोग गर्नु भएकाहरुलाई सम्मान गरिएको थियो |माघे सक्रान्ति पर्व मगर समुदायको एक मुख्य पर्व भएकोले भब्य रुपले मनाउनको लागि नेपाल मगर संघका प्रथम उपाध्यक्ष लिला थापा मगरको संयोजकमा समितिनै गठन गरि तयारीमा लागेका थिए | अन्यमा कार्यक्रमको समापन गर्नु हुँदै उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो भने कार्यक्रम जमुना मस्रंगी मगर र विश्वास आले मगरले आकर्षक ढंगले संचालन गर्नु भएको थियो |

mg

mg3


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...