बिदेशी भूमिमा पनि सम्झे प्रथम सहिद लखन थापालाई ,मगर संघ इजरायलले लखन थापा स्मृति दिवस मनाए |

मूलबासि /भूमिपुत्र

फेब्रअरी १८ तेल अभिव :-प्रथम शहिद लखन थापा मगर स्मृति दिवस इजरायलमा पनि मनाए |नेपाल मगर संघ इजरायलको योजनामा|शुक्रबार फेब्रुवरी १६ मा इजरायलको कामकाजलाई ध्यानमा राखेर तेल अभिवमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता मगर संघ इजरायलका प्रथम उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष लिला थापा मगरले गर्नु भएको थियो |प्रथम शहिद लखन थापाको तस्बिरमा कार्यक्रम सभापति लिला थापा मगर ,अतिथिहरु आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन हिम्सुंग लिम्बु र संघिय समाज इजरायलका अध्यक्ष सुन्दर सिंग तामांग ज्युले माल्यार्पण तथा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको शुभराम्भ गरिएको थियो | राष्ट्रिय गीत तथा मगर राष्ट्रिय गीत पछि प्रथम शहिद लखन थापा लगाएत सम्पूर्ण ज्ञातअज्ञात शहिदहरु प्रति १ मिनेट मौनधारण गरिएको थियो |

ijr2

नेपालका प्रथम शहिद लखन थापाको १४१ औँ स्मृति दिवशको कार्यक्रममा बोल्नु हुँदै संघिय समाज इजरायलका अध्यक्ष सुन्दर सिङ तामांगले सम्पूर्ण शहिदहरु प्रति श्रद्दान्जली ब्यक्त गर्नु हुँदै प्रथम शहिद लखन थापालाई नेपाल सरकारले शहिद घोषणा गरे पनि वहाको परिवारले शहिद परिवारको सम्मान र सुविधाहरु नदिएकोमा दुख ब्यक्त गर्नु हुँदै तुरुन्त यसको लागि पहल गर्न अनुरोध गर्नु भएको थियो |शहिद लखन थापा एउटा जाति र समुदायको मात्र नभई सिंगो देशको लागि ,अन्याय ,अत्याचारमा परेकाहरुको लागि शहिद हुनु भएकोले वहालाई राष्ट्रिय सम्मान गरिनु पर्ने ,वहाले गर्दा नै राणा शासन ,पंचायत ,बहुदल हुँदै गणतन्त्र प्राप्त भएको बारे प्रस्ट पार्नु भएको थियो | मगर संघ इजरायलका सल्लाहकार मन रानाले मगरले काठमाण्डौको शहिद गेटमा प्रथम शहिदको शालिक स्थापना गरिनुपर्ने, काठमाण्डौको गोकर्ण स्थित राष्ट्रिय शहिद पार्कमा राणाकालिन ४ शहिदसँगै प्रथम शहिदको शालिक स्थापना गरिनुपर्ने, फागुन २ गतेलाई सार्वजनिक विदा घोषणा गरि प्रथम शहिद दिवस मनाउने व्यवस्था हुनुपर्ने, राज्यस्तरबाट सातै प्रदेश केन्द्रमा प्रथम शहिदको शालिक निर्माण गरेर शहिद दिवस मनाउने व्यवस्था गरिनुपर्नेमा जोडडर माग गर्नु भएको थियो ||साथै मन्तब्य दिनुहुनेहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन हिम्सुंग लिम्बु ,एन आर एन इजरायलका प्रतिनिधि माया खनाल  तथा संघका सास्कृतिक बिभाग प्रमुख सुर्य राना हुनुहुन्थ्यो |

ijr1

कार्यक्रमको बिसर्जन गर्नु हुँदै नेपाल मगर संघ इजरायलका कार्यबाहक अध्यक्ष तथा सभाका सभापति लिला थापाले राष्ट्रिय विभुतिको रुपमा  विभुषीत गरिनुपर्नेमा जोड दिनु भयो | प्रथम शहिदकोे जीवनीलाई विद्यालयस्तको पाठ्यक्रम एवं पाठ्यपुष्तकमा समावेश गरिनुपर्ने, गोरखा वुंकोटस्थित लखन थापाको विद्रोही किल्ला एंव उनले शाहदत प्राप्त गरेको ठाउँलाई पुरातात्विक क्षेत्र घोषणा गरि उत्खनन र संरक्षण गरिनुपर्ने जस्ता मागहरु राख्नु हुँदै उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो |कार्यक्रम मगर संघ इजरायलका सचिव बिबश आले मगरले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य स सचिव चित्र जुग्जाली मगरले गर्नु भएको थियो |नेपाल मगर संघ इजरायलको तर्फबाट बरिस्ठ सस्थापक सल्लाहकार केशव राना मगर र कार्यक्रम सभापति लिला थापा मगरद्वयबाट एन आर एन इजरायल तथा आदिबासी जनजाती महासंघ इजरायललाई प्रथम सहिद लखन थापाको तस्बिर हस्तान्तरण गरिएको थियो |

ijr3

तस्बिर ;-दिपक राना


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...