ताप्लेजुङ्मा कोहिबो धींको शिलान्याश ,गुरुङ सस्कार -सस्कृति माथी छलफल |

जनजाती बिशेस

ताप्लेजुङ्मा  कोहिबो धींको शिलान्याश ,गुरुङ सस्कार -सस्कृति माथी छलफल |

नोबेम्बर ३०लोकेन तमु सम्बतदाता फिष्टेल न्युज ,  ताप्लेजुंग :-नेपालको आदिवासी जनजाति मध्ये तमु ( गुरुङ ) जातिको सस्कार- सस्कृती माथी ताप्लेजुङको फुङलिङ -५ स्थित पिपल डाडामा छलफल भएको छ ।तमु प्ये ल्हु संघ ताप्लेजुङ शाखाका अध्यक्ष युगराज ल्हेगे तमुको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघको केन्द्रिय दित्तिय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुले कार्यपत्र पेश गर्नु भएको थियो । कार्यक्रममा फुङ्लिङ नगरपालिका र आसपासका छेत्रहरुबाट तमु समुदायको उपस्थित रहेका थिए । अन्तरक्रिया कार्यक्रम अगाडि तमु प्ये ल्हु संघ ताप्लेजुङ शाखाको कोहिबो धिको फुङ्लिङ नगरपालिकाका मेयर छेत्रपती प्याकुरेल र संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले शिलान्यास गर्नुभयो ।

24232945_1363732907088424_1862545032227000413_n शिलान्यासमा तमु खेगी क्ल्हेप्री गुरुहरुबाट मन्त्र वाचन समेत गरिएको थियो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर प्याकुरेलले फुङलिङ विभिन्न जात जाति ,भाषा भाषी समुदायले मिलेर बसेको हुँदा जातीय सदभाबलाइ कायम राख्न न.पा.को यस आ. वा.को बजेटबाट दस लाख रुपैयाँ दिएको र अगामी बर्षहरुमा पनि थप रकम दिदै जाने प्रतिबद्धता जाहेर गर्नु भयो ।साथै उहाले हरेक जात जातिको भाषा,धर्म ,सस्कार सस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी राज्यको भएको बताउनुहुदै बिनियोजित रकम जुन सस्थाले छिटो कार्य सम्पादन गर्न सक्छ,उस्लाइ अर्को बर्ष पहिलो प्राथमिकतामा राखिने भएकाले संघले समयसिमा भित्र काम सम्पन्न गरि आउन समेत आग्रह गर्नुभयो ।

24294424_1363733090421739_9013540293798481327_n संघका अध्यक्ष योगराज ल्हेगेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचीव राकेश ल्हेगे,उपाध्यक्ष तिलबहादुर ल्हेगे र केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले सम्बोधन गर्नुभएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...