चीनबाट अर्को फ्लु भाइरस महामारीको रुप लिना सक्ने बैज्ञानिकहरुको चेतावनी।

स्वास्थ्य

चीनबाट अर्को फ्लु भाइरस महामारीको रुप लिना सक्ने बैज्ञानिकहरुको चेतावनी।
जुन ३० काठमाडौँ :-कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला चीनमा अर्को नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ ।यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ । ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’सो भाइरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा सर्न सक्ने तर्फ वैज्ञानिकको चासो र चिन्ता रहेको छ । अहिले प्राप्त जानकारी अनुसार सो भाइरस व्यक्तिमा सरेमा उबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ ।तत्कालका लागि यो समस्याको विषय भने होइन । तर पनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड छ ।भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...