भरतपुर महानगरपालिका कोभिड-१९ को संक्रमण रोक्न डीसाइन्फ़ेक्सन छर्न शुरु ।

स्वास्थ्य

भरतपुर महानगरपालिका कोभिड-१९ को संक्रमण रोक्न डीसाइन्फ़ेक्सन छर्न शुरु ।
मार्च २७ चितवन :-चितवनको भरतपुर महानगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न डिसइन्फेक्सन छर्न शुरु गरिएको छ । महानगरपालिकाले आज (शुक्रबार) विहानैदेखि नारायणगढ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न सुरु गरेको हो । आज लकाडाउनको चौथो दिनबाट महानगरले यो अभियान थालनी गरेको हो । महानगरपालिकाकी प्रमुख रेनु दाहालले संक्रमण हुन नदिनका लागि डिसइन्फेक्सन छर्न थालिएको जानकारी दिइन् । नगर प्रमुख दाहालले भनिन्–‘आजदेखि बजार क्षेत्रमा छर्न सुरु गरेका छौं, विस्तारै ग्रामीण भेगमा समेत छर्न शुरु गर्छौ । आज लकडाउनको चौथो चितवनका बजारहरु सुनसान छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...