रौतहटमा २ युवकमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो ।

स्वास्थ्य

रौतहटमा २ युवकमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो ।
एप्रिल २८ काठमाडौँ :-भारतबाट आएका रौतहटका २ युवकमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। जसमा १६ जना निको भएका छन्। संक्रमित १ जना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो। अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए। उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेको मयेर धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिए।दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूलाई वीरगन्जस्थित नारायणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...