गोर्खाका सुरज गुरुङको उपचारको लागि तमु प्ये ल्हु संघ केन्द्रले आर्थिक सहयोग हस्तान्तरण |

स्वास्थ्य

गोर्खाका सुरज गुरुङको उपचारको लागि तमु प्ये ल्हु संघ केन्द्रले आर्थिक सहयोग हस्तान्तरण |
श्रावण २३ महेन्द्र तमु पोखरा :- गोरखा धर्चे गाउँपालिका वडा न. ०५ गुम्दा निवासी पुर्ण बहादुर गुरुङ र पुर्णि गुरुङको छोरा वर्ष ११ को सुरज गुरुङ केहि दिनबाट पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दै आएको र आर्थिक अवस्था अति कम्जोर भएकोले र वहाँको उपचारमा केहि सहयोग होस् भन्ने हेतुले साउन २२ गते मंगलबार तमु प्ये ल्हु संघ केन्द्र र विभिन्न समितिबाट उठेको रकम हस्तान्तरण गरियो | उक्त हस्तान्तरण कार्यक्रममा तमु प्ये संघ केन्द्रबाट अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु, कोषाध्यक्ष कञ्चन ल्हेंगे तमु सदस्य महेन्द्र टु क्ल्हेप्री तमु,केन्द्रिय महिला समितिका अध्यक्ष पुष्प तेल्स्यो,महासचिब पुर्णिमा कुप्छे, कोषाध्यक्ष बुद्धि माया लेम,केन्द्रिय युवा अध्यक्ष सुक बहादुर सरब्जा तमु,जिल्ला समितका प्रथम उपाध्यक्ष नीम प्हच्यु तमु,कोषाध्यक्ष कृष्ण प्हच्यु र जिल्ला महिला अध्यक्ष अनिता योंज उपस्थित रहेको थियो |सो रकम ने रु ५३,०००/-अक्षेरुपि त्रिपन्न हजार पिडित सुरज गुरुङको बाबाआमालाई हस्तान्तरण गरिएको थियो।

सहयोग रकम :- १,तमु प्ये ल्हु संघ केन्द्रिया समिति बाट रु= १५,०००/- पन्ध्र हजार। २,तमु प्ये ल्हु संघ केन्द्रिय महिलासमिति बाट रु= ११,०००/-एघरा हजार। ३,तमु प्ये ल्हु संघ केन्द्रिय युवा समिति बाट रु= १०,०००/- दस हजार। ४,तमु प्ये ल्हु संघ जिल्ला समिति/महिलासमिति बाट रु= १५,००००/-पन्ध्र हजार। ५,केन्द्रिय महिला समितिका महासचिब पुर्णिमा कुप्छे रु= २,०००/- दुई हजार।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...