नेपालमा कोरोना समुदायमा फैलिना थाल्यो ,२४ घन्टामा ६४१ जना कोरोना संक्रमित र मृत्यु हुने १०२ जना।

स्वास्थ्य

नेपालमा कोरोना समुदायमा फैलिना थाल्यो ,२४ घन्टामा ६४१ जना कोरोना संक्रमित र मृत्यु हुने १०२ जना।
अगस्ट १६ काठमाडौं :-पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । जसमध्ये, ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...