तमु प्ये ल्हु संघ स्याङ्जाको अध्यक्षमा भोजराज क्रोम्छे |

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ स्याङ्जाको अध्यक्षमा भोजराज क्रोम्छे |
भदौं १६ फिसटेल न्युज सम्बादाता स्याङ्जा | वालिङ नपा-१ रामबाच्छामा शनिबार सम्पन्न तमु प्ये ल्हु संघ स्याङ्जाको चौथो जिल्ला अधिबेशनले भोजराज क्रोम्छे तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ |तमु प्ये ल्हु संघका केन्द्रिय सङ्गठन प्रमुख हर्क योज तमु संयोजक,केन्द्रिय सचीव बुद्धि चहम्रु र सह सचिव लोकेन पह्च्यु सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले नवकार्यसमिती चयन गरेको थियोे । जसमा प्रथम उपाध्यक्ष कमल पह्च्यु,दित्तिय उपाध्यक्ष सोनुकुमार योज,तृतीय उपाध्यक्ष कुलप्रसाद सरब्ज,सचिव रत्नबहादुर योज,सहसचिव गुमान तमु,कोषाध्यक्ष थमानसिङ ल्हेगे,सहकोषाध्यक्ष बेलबहादुर तमु,सदस्यहरु क्रमशः मेखराज तमु,घनबहादुर ल्हेगे,तिलक लम तमु,लोकमाया पह्च्यु तमु,उमा चाह्क्ली तमु,उमा पह्च्यु तमु,ओमप्रसाद चह्म्रु तमु,खिममाया चाह्क्ली तमु,एकमाया न्हान्सी तमु,अमर तमु,अमरबहादुर तमु,नन्दबिर ल्हेगे तमु,रुकबहादुर तमु,शेरबहादुर क्रोम्जे तमु,यादबहादुर मैन तमु हुनुहुन्छ । नवनिर्बाचित कार्यसमितिलाई तमु प्ये ल्हु संघ पच्यु समितिका उपाध्यक्ष ठौब चाह्क्लिले सपथ खुलाउनु भएको थियो भने केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले टीका लगाइदिएर बधाई दिनुभएको थियो । उदघाटन समारोहलाई प्रमुख अतिथी तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमु,तमु ह्युल छोजधिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष यामबहादुर ल्हो तमु,तमु ह्युल छोज धि स्याङ्जाका उपाध्यक्ष सोमबहादुर क्रोम्छे तमु,केन्द्रिय सङ्गठन प्रमुख हर्क योज तमु,तमु ह्युल छोज धि स्याङ्जाका पुर्व अध्यक्ष पदम पह्च्यु तमु,वालिङ नपा ३ का वडा अध्यक्ष सुक्रराज पह्च्यु,समाजसेवी होमबहादुर तमु,शिक्षासेवि भोजराज क्रोम्छे तमु,कमल पह्च्यु तमु,रत्नबहादुर तमु,पच्यु समिति स्याङ्जाका अध्यक्ष डिलप्रसाद ल्हेगे तमु लगायतले आ आफ्नो भनाइ राखेकाथिए ! संघका अध्यक्ष तोरण क्रोम्छे तमुको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कुलप्रसाद सरब्ज तमुले गर्नु भएकोथियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...