परदेशमा नेपालीबाट नेपाली नै लुटिन्छ ।

अन्य

परदेशमा नेपालीबाट नेपाली नै लुटिन्छ ।
जुलाई २४ दुबई:- खाडीको मेहनत, अनि रगत, पसिना, दिन र रात नभनी कमाएको पैसा राम्रो क्षेत्रमा लगानी गरेर आम्दानी गर्ने चाहना कसको हुँदैन र ! यस्तै नेपालका एक युवा अशोक कुमार चौधरीलाई पनि आफुले कमाएको पैसा रेष्टुरेन्ट व्यवसायमा लगानी गर्ने हुतहुति जाग्यो र “रोह अल-इत्तेहाद (Roh Al-Ettehad) रेष्टुरेन्ट (L.LC.)” मा लगानी गर्ने भनेर ३०५०००/- (तीन लाख पांच हजार) दिराममा उक्त रेष्टुरेन्ट किन्ने भनेर साविकको मालिक निश्चल दाहालसित सहमति गर्यो | पहिलो चरणमा चौधरीले निश्चल दाहाललाई १,५१,९१६/-(एक लाख एकाउन्न हजार नौ सय सोह्र) दिराम हस्तान्तरण गर्यो | एक आपसी सहमतिमा “रोह अल-इत्तेहाद (Roh Al-Ettehad) रेष्टुरेन्ट (L.LC.)” को लेटर प्याडमा मिति १७/१०/२०१८ मा सम्झौता पत्र तयार गरि दुवै पक्षले सहि छाप पनि गर्यो | निश्चल दाहालको तर्फबाट सुदिप कार्की नामको अर्को व्यक्ति साक्षी बसे भने अशोक कुमार चौधरीको तर्फबाट विश्व राज दुलाल नामको व्यक्ति साक्षी बसे | यसै बीच अशोक कुमार चौधरीले निश्चल दाहाललाई उक्त रेस्टुरेन्टको मर्मत सम्भारको लागि भनेर पटक पटक गरेर करिब ५०,०००/- (पचास हजार) दिराम थप दिई सकेको थियो | यसै बीच नेपालमा चौधरीको पिताको स्वास्थ्य निक्कै गम्भीर भएकोले नेपाल फर्किनु पर्ने भयो र पिताको निधन पछी काजक्रिया सकाएर दुबई फर्किना साथ स्थानीय कानुन अनुसार “रोह अल-इत्तेहाद (Roh Al-Ettehad) रेष्टुरेन्ट (L.LC.)” को खरिद प्रक्रिया पुरा गर्न स्थानीय अदालतमा भेटेर निश्चल दाहालले अशोक कुमार चौधरीलाई स्वामित्व हस्तान्तरण गर्नु पर्ने थियो तर निश्चल दाहाल उक्त अदालतमा उपस्थित नै भएन | यसै दिनदेखि चौधरीलाई दाहालको नियतमाथि शंका लाग्न थाल्छ र रेष्टुरेन्टको स्वामित्व आफुलाई हस्तान्तरण गर्न निक्कै ताकेता गर्न थाले | तर यता दाहाल भने आफुले कुनै पैसा नै नलिएको जस्तो गरि स्वामित्व हस्तान्तरणको कुरा भन्दा चौधरीलाई धम्कि दिन थाल्छ | “सकेको गर” भनेर निक्कै पटक धम्कि दिन थालेपछि चौधरीलाई धेरै तनाव हुन थाल्यो | आफ्नो रगत पसिनाको कमाई यसरि आफुले विश्वाश गरेको अर्को नेपालीले खाएर उल्टो धम्कि दिन थालेपछि विभिन्न निकायमा हार गुहार गर्न थालेको बताउनु भएको छ | एक दिन त उक्त रेष्टुरेन्ट भित्रै सी सी क्यामेराले नदेख्ने गरि आफुलाई हात पात गरेको कुरा समेत सुनाउनु भयो | साथै निशाल दाहालको तर्फबाट साक्षी बस्ने व्यक्ति सुदिप कार्कीले त फेसबुक म्यासेन्जरमा धम्कीपूर्ण म्यासेज पठाएर “अब त उक्त रेष्टुरेन्ट अर्कै व्यक्तिलाई बेची सकेको र सकेको गर” भनेर धम्काएको उल्लेख गर्नु भयो | (उक्त भ्वाईस म्यासेज ईनेपाल संग सुरक्षित रहेको छ) | पाठकवर्गको जानकारीको लागि पीडक निश्चल दाहालको तर्फबाट साक्षी बसेका सुदिप कार्की आई. सी. सी. सदस्य रहेको जानकारी प्राप्त भएको छ | पिडित अशोक कुमार चौधरी दुबईमा क्लिनिंग कम्पनिका संचालक हुन् भने पीडक निश्चल दाहाल भने एनसीसी – एन. आर. एन. यु. ए. ई. (NCC- NRN, UAE) का पुर्व युवा संयोजक रहेको खुल्न आएको छ भने नेपालमा उनको ठेगाना झापा,बनियानी – ६ भन्ने जानकारी प्राप्त भएको छ | पिडित र पीडक बीच भएको सम्झौताको सक्कली पत्र र अन्य सम्बन्धित कागज-पत्रहरु हामीले पाठकहरुको जानकारीको लागि पेश गरेका छौं | पिडित अशोक कुमार चौधरी साँच्चै पीडक निश्चल दाहालबाट अन्यायमा नै परेको भए, सम्बन्धित निकायबाट न्याय पाउनेछ र पाउनु पर्छ | हामीले संयुक्त अरब ईमिरेट्समा नेपाली समुदायहरुमा बुझ्दा धेरैलाई यो काण्डको जानकारी रहेको पाईएको छ |           साभार :ईनेपाल

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...