चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ,आक्रोशीत स्थानीयले ट्रकमा आगजानी |

अन्य

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ,आक्रोशीत स्थानीयले ट्रकमा आगजानी |
असोज १८ चितवन:- चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा खैरहनी नगरपालिका–१ बहेरी चोकको सोहना चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार जेनी महतो गम्भीर घाइते भएकी छन् । घाइतेलाई भने उपचारको लागि भरतपुर ल्याइएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका छन् । केही बेर बन्द भएको पूर्वपश्चिम राजमार्ग एकतर्फी  सञ्चालनमा आएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...