बेनीको एक घरमा आगोलागी हुँदा १३ लाख बराबरको क्षति |

अन्य

बेनीको एक घरमा आगोलागी हुँदा १३ लाख बराबरको क्षति |
पुस ६ पोखरा :- म्याग्दीको सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ । विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताए । आगलागीमा ३ थान मोवाइल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...