सी के रावतको रिहाईको माग गर्दै रौतहटमा प्रधानमन्त्री र गृह मन्त्रीको पुत्ला दहन |

अन्य

सी के रावतको रिहाईको माग गर्दै रौतहटमा प्रधानमन्त्री र गृह मन्त्रीको पुत्ला दहन |
असोज २२ सिरहा :-सी के राउतको रिहाईको माग गर्दै आज सिरहामा प्रधान मंत्री के पी शर्मा ओली र गृह मंत्री राम बहादुर थापाको पुतला दहन गरेको छ |स्वतन्त्र मदेश गठबन्धनका संयोजक सी के रावत गिरफ्तारीको बिरोधमा सिरहाको विभिन्न ठाउहरुमा रावत समर्थकहरुले बिरोध स्वरुप पुतला दहन गरेको हो |गठबन्धनका कार्यकर्ताहरुले सिरहाको औरही ,ईटाटार लगायत ठाउँहरुमा बिरोध प्रदर्शन(पुतला दहन ) गरेको गठबन्धनले जनाएको छ | रावतको शिघ्र रिहाई नगरे चरणबद्द आन्दोलनका कार्यक्रम सहीत अगाडी बढ्ने गठबन्धनले जनाएको छ |रावतलाई आईतबार राज्य बिप्लवको मुद्दामा जिल्ल अदालत रौतहटमा तारेख बुझ्ना गएका बेला अदालत परिसरबाटै ४ बर्षे छोरी सहीत गाडी चालक रामेश्वर यादव र सहयोगी संजय स्वराजी पक्राउ गरेका थिए |रावत सहित ४ जनालाई जिप्रका रौतहाटमा राखीएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...