म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपाली सहित ९ जनाको मृत्यु |

अन्य

म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपाली सहित ९ जनाको मृत्यु |
असोज २७ म्याग्दी:-म्याग्दीको धौलागिरी गाउँपालिका-१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ कोरियाली र ४ नेपालीको हिमआँधीमा परी मृत्यु भएको छ । दुर्घटनामा परी टिम लिडर किम च्याङ हो समेत चार जना दक्षिण कोरियाली र चार जना नेपालीको मृत्यु भएको घटनास्थलबाट गाइड लाक्पा शेर्पाले बताए ।दुर्घटनामा भरिया भएर गएका धौलागिरी गापा-१ गुर्जाका नेत्र छन्त्यालको पनि मृत्यु भएको छ । पर्यटन विभागबाट जारी पर्वतारोहण अनुमति पत्रमा उल्लेखित आरोही र सहयोगी समेतको टिमको नामावली र दुर्घटनामा परेका मृतकको विवरण मिलेको छैन ।‘बेस क्याम्पमा २५ गते राति आएको हिमआँधीले बसेको टेन्टसहित पर्यटकलाई गुटुमुटु पारेर उडाउँदा सबैको मृत्यु भएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...