चितवनमा आगो लागीमा लाखौको क्षति |

अन्य

चितवनमा आगो लागीमा लाखौको क्षति |
असोज २३ चितवन:-चितवनको भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय रोडमा रहेका पसलहरुमा सोमबार राती आगलागि भएको छ । नारायणी सामुदायिक अस्पताल अगाडिको चोकमा रहेका किराना, दुध डेरी, फेन्सी पसलमा आगलागि भएको हो । आगलागिबाट एकिन विवरण आउन बाँकी रहेको छ । राती ९ः१५ मा लागेको आगो राती ११ः१० मा नियन्त्रणमा लिईएको थियो । आगलागी के कारणले भयो भन्ने बारे खुलेको छैन् । सो घर दुर्गामणी गौतमको रहेको बताईएको छ । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...