नेपाल सरकारले अब मोटरसाइकलको दर्ता प्रदेश अनुसार गर्ने |

अन्य

नेपाल सरकारले अब मोटरसाइकलको दर्ता प्रदेश अनुसार गर्ने |
कात्तिक ८ काठमाडौँ :- नेपाल सरकारले मोटरसाइकलको दर्ता अब प्रदेशअनुसार गरिने भएको छ । मोटरसाइकलको लट ९९ सम्म पुगेपछि दर्ता प्रक्रिया रोकिएको थियो । सवारी व्यवस्था नियमावली २०५४ मा दुई अंक अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो । ९९ लट पूरा भएपछि दर्ता प्रक्रिया रोकिएको थियो । मोटरसाइकलमा अब अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ । असोज १६ गतेदेखि यातायात व्यवस्था विभागले दर्ता प्रक्रिया रोकेको थियो । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअनुसार दर्ताको बाटो खुलाएपछि अब दर्ता प्रक्रिया सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ । राजपत्रमा प्रकाशित भएपछि अब दर्ता सुरु गरिने विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका मोटरसाइकल दर्ता शाखाका प्रमुख गणेश अर्यालका अनुसार अब प्रदेशअनुसार मोटरसाइकल दर्ता प्रक्रिया सुरु हुनेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...