सहकारीबाट रकम चोरी गर्ने ३ जना पक्राउ |

अन्य

सहकारीबाट रकम चोरी गर्ने ३ जना पक्राउ |
असोज १० पोखरा :- पोखरा महानगरपालिका – ८ सिर्जनाचोकमा रहेको जनाएकता सहकारी संस्था लिमिडेटमा चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न पोखरा – १५ रामबजार बस्ने २० बर्षिया अन्जली गुरुङ, पोखरा -७ एयरपोर्ट बस्ने – २२ बर्षिया बिनिता गुरुङ र पोखरा-६ गौरीघाटका १८ बर्षिया कमल ठगुन्नालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई बुधबार बिहान पोखरा -६ बुलौदिबाट नगद ५ लाख ३८ हजार ८० रुपैया सहित पक्राउ गरेको हो । उनीहरुले गत भदौ ३१ गते राति सहकारीको सटर फोडी काउण्टरमा राखेको नगद चोरि गरेका थिए । सहकारीले काउण्टरमा रहेको ९ लाख १४ हजार चोरि भएको जनाएको थियो ।पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...