एक्कासी बन्द भएको सार्बजानिक बस सेवाबाट यात्रुहरु प्रभावित,तुरुन्त संचालन नगरे रुट खारेज गरिने | |

अन्य

एक्कासी बन्द भएको सार्बजानिक बस सेवाबाट यात्रुहरु प्रभावित,तुरुन्त संचालन नगरे रुट खारेज गरिने | |
मे ३ काठमाडौँ :-सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरूले घोषणा गरेको बन्दको प्रभाव शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर परेको छ। काठमाडौंमा बिहानैदेखि सार्वजनिक सवारी साधन नचल्दा पढ्न जाने विद्यार्थी, कर्मचारी, व्यवसायी लगायत सर्वसाधारण सडकमै अलपत्र परेका छन्। निजी सवारी साधन र भाडाका ट्याक्सीहरु भने चलिरहेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरूले वैशाख २१ ९आज० देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।बस व्यवसायीले एक्कासि बस सेवा बन्द गरेपछि यातायात बन्दको पूर्वजानकारी नपाएका यात्रुहरू अलपत्र परेका छन्। पश्चिमदेखि पूर्वसम्मका शहरहरूमा सिन्डिकेट पक्षधरहरूको हड्तालको प्रभाव परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको हड्तालमा नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको समेत ऐक्यवद्धता रहेको छ। सरकारले कुनै पनि हालतमा सिन्डिकेट रहन नदिने बताउँदै आएको छ भने यातायात व्यवसायीले पनि सरकारलाई घुँडा टेकाएरै छाड्ने चुनौती दिँदै आएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...