तमु समाज साईप्रसको पहलमा गरे पीडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण ।

अन्य

तमु समाज साईप्रसको पहलमा गरे  पीडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण ।
मे ८ दोहा चन्द्र ल्हेगे तमु :-तमु समाज साईप्रसको पहलमा गत हाप्त समाजका अध्यक्ष श्रीमती कृष्ण तमुस्यो को अध्यक्षतामा गरिएको बैशाख पुर्णिमा /बुद्ध जयन्ती को पुनित अबसरमा आयोजित नेपालको राष्ट्रिय बिभुती शान्तिको अग्रदुत गौतम बुद्ध को सम्झना साथै दिवांगत चिर आत्म पित्रीहरुको शान्तीको लागि दिप प्रज्वलन कार्यक्रम सभ्य र भब्य रुपमा सु सम्पन्न गरिएको थियो | उक्त कार्यक्रममा उपस्थित ब्याक्तित्वहरु बाट दान भेटी स्वरुप संकलित भएको रकममा केही रकम समाजको सकृयता थप गरि नेपाली रुपैया ६० हजार तीन जना जीवन मृत्यु संग संघर्ष गरिरहेका उपचारार्थ मृगौला पिडित र क्यन्सर पिडित हरुलाई २०/२० हजारको दरले स्याङ्जा जिल्ला वालिङ नगरपालिका -१३ थानपाटा निवासी हाल साईप्रसमा कार्यरत सगुन तमुस्यो को नेत्रुत्वमा नेपाल पठाई सम्बन्धित पिडक को हातमा गाउँको बुद्धिजिबिहरुको रोहबार मा हस्तान्तरण गरिसकेको समाजका कोषाध्यक्ष पद समालिरहनु भएकी प्रिया तमुस्योले जानकारी दिनु भयो । साथै River Side Club बायाँटारी ले चालेको मृगौला पिडित नाजिल राना मगर बचाउ आर्थिक संकलन अभियान कोषमा जम्मा हुनेगरी क्लबका अध्यक्ष लाई हस्तान्तरण गरिएको छ । मृगौला पीडितहरुमा वालिङ न.पा. १३ बायाटारिमा स्थायी बसोबास गर्नु हुने दलेन्द्र राना मगरको १५ बर्षिय छोरा नाजिल राना मगर त्यसै गरि गल्याङ न.पा.-८ रिपा का चिना गाहा र क्यन्सर पिडित स्याङजा बायाँटारी कै शिर माया तमु रहेको छ । प्रबासी भुमी बाट केही मात्रमा भए पनि पिडित हरुको चर्चराई रहेको दुख लाई केही हद सम्मामा भए पनि थोरै सहयोग ले उहाँ हरु सबैमा केही राहत हुने छ भन्ने बिश्वस लिदै देश प्रदेश मा छरिएर रहेका सम्पुर्ण नेपालीहरु तथा संघ संस्था समाज हरुलाई सहयोग को हार्दिक अपिल समेत तमु समाज साईप्रस कि अध्यक्ष कृष्ण तमुस्यो ले गर्नु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...