अल्ट्रा धावीका मिरा राई ”एसिया गेम चेन्जर अफ द इयर २०१८” अवार्डबाट सम्मानीत |

अन्य

अल्ट्रा धावीका मिरा राई ”एसिया गेम चेन्जर अफ द इयर २०१८” अवार्डबाट सम्मानीत |
असोज २५ काठमाडौं:-अल्ट्रा धाविका मीरा राई एसिया सोसाइटीको ‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट सम्मानित भएकी छन्  । उनीसहित एसियाका नौं जना व्यक्ति तथा संस्थालाई न्युयोर्कमा बुधबार अवार्ड प्रदान गरियो  । मीरासहित पेप्सीकोका सीईओ इन्द्र नोयी, अफगान युवतीको रोबोटिक्स टिम, अस्ट्रेलियाली चिकित्सक मुन्जिद अल मुदरिस, थाइल्यान्डको थाम लुवाङ गुफाबाट किशोर फुटबलरहरूलाई उद्दार गर्ने टिम, चीनका वाङ सी सम्मानित भए । यस्तै युद्धग्रस्त सिरियामा स्वयंसेवा गरिरहेका हाइट हेल्मेट्स र यसका प्रमुख रेड सालेह, ज्यानको बाजी लाएर जापानको न्युक्लियर दुर्घटनाको बेला काम गरेका हिरोज अफ फुकुसिमा, जेरुसेलममा एकता फैलाइरहेका सांगीतिक समूह ‘कुलुलम’ लाई यस वर्षको गेम चेन्जर अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पूर्व छापामार मीरा सन् २०१४ यता साहसिक दौडमा लागेकी छन् । त्यसयता उनले थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय साहसिक दौडमा सफलता हात पारेकी छन् । घुँडाको शल्यक्रियापछि पुनः दौडमा फर्किएकी उनले गाउँगाउँका बालबालिकालाई साहिसक दौडमा सहभागिता अभियान नै चलाइरहेकी छन् । उनले गत वर्ष नेसनल जियोग्राफीको ‘एड्भेन्चर अफ द इयर २०१६’ को अवार्ड पनि हात पारेकी थिइन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...