चितवन खैरहनीमा अवैद काठ नियन्त्रणमा ,संलग्ना फरार |

अन्य

चितवन खैरहनीमा अवैद काठ नियन्त्रणमा ,संलग्ना फरार |
कार्तिक २२ बुटवल :-चितवनको खैरहनी नगरपालिका–३ लदरीबाट प्रहरीले करिव ३० क्युफिट सालको चिरान काठ नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिकाको पहाडीभेगबाट ल्याउँदै गरेको २९.२३ क्युफिट इलाका प्रहरी कार्यालय खैरहनीले सोमबार राती नियन्त्रणमा लिएको हो । ३२ थान चिरान काठ नियन्त्रणमा लिईएपनि ओसारपोसार कार्यमा संलग्न भने फरार रहे । काठ ओसारपोसारमा करिव ३० जना जति संलग्न थिए । उनीहरु प्रहरीलाई देख्ने वित्तिकै काठ छोडेर भागेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाससिंह विष्टले बताए । अमृतधारापानी सामुदायिक बनको बाटो हुँदै काठ ल्याउँदै गरेको विशेष सुराकीको आधारमा काठ नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । विष्टका अनुसार नियन्त्रणमा लिईएको काठ अमृतधारापानी सामुदायिक बनको जिम्मा लगाईएको छ । इलाका प्रहरी कार्यालय यसअघि जुवा खेल्दै गर्दा खैरहनी–४ स्थित प्रकाश बस्नेतको घरबाट ५ जनालाई नगद २९ हजारसहित नियन्त्रणमा लिई मुलुकी अपराध (संहिता ऐन ) २०७४ को दफा १२५ उपदफा १ अनुसार जिल्ला प्रशासन कार्यालय चितवनलाई बुझाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...