सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त ।

अन्य

सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त ।

अक्टुबर २३ काठमाडौँ :-सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो। रेग्मी गृहमन्त्रालय आउनुअघि अर्थसचिव थिए।

आजको मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहसचिवमा सरुवा गरेको छ।त्यस्तै सामान्य प्रशासन मन्त्रालयको सचिवमा हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सरुवा गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...