विदेश पठाउछु भन्दै ठग्ने निरन्जन भट्टराई पक्राउ |

अन्य

विदेश पठाउछु भन्दै ठग्ने निरन्जन भट्टराई पक्राउ |
जुन ६ काठमाडौँ :-,विभिन्न प्रलोभनमा पारी गैरकानुनी रुपमा टर्की, ईजिप्ट लगायतका देशमा मानिसहरु पठाउने कार्यमा संलग्न चितवन साविक वघौडा गाविस-६ ठेगाना भएका २९ वर्षीय निरन्जन भट्टराईलाई काठमाडौं भृकुटीमण्डप, प्रदर्शनीमार्गबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पीडितहरुलाई युरोपियन क्रुज तथा ग्रिसमा राम्रो काम लगाइदिने, टर्की पुगेपछि टेम्पोररी रेसिडेन्ट कार्ड पाइने, अष्ट्रेलिया क्यानडा लगायतका देशमा समेत जान मिल्ने, पछि परिवारलाई समेत लान पाइने र प्रतिमहिना ७ सय ५० अमेरिकी डलर तलब हुने प्रलोभनमा पारी नक्कली कागजातहरु देखाई प्रतिब्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले रकम उठाई गैरकानुनी रुपमा टर्की र ईजिप्ट लगायतका देशहरुमा पुरयाई अलपत्र पार्ने कार्यमा संलग्न रहेकोले भट्टराईलाई पक्राउ गरिएको र मानव बेचविखन तथा ओसार पसार र ठगी मुद्दामा थप अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...