साँढे ३३ के जी सुन तस्करका मुख्य अभियुक्त मानिएको गोरेले उच्च अधिकारी तथा राजनीतिक पार्टीका नेताहरु रहेको खुलासा |

अन्य

साँढे ३३ के जी  सुन तस्करका मुख्य अभियुक्त मानिएको गोरेले उच्च अधिकारी तथा राजनीतिक पार्टीका नेताहरु रहेको खुलासा |
मे २७ काठमाडौं:-साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्,भन्ने कुरा भने खुलाएनन ‘तस्करीबाट आउने सबै सुन इन्डिया जाने उनले बताए | गोरेका अनुसार विमानबाट प्रहरीकै पास प्रयोग गरी तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा पुर्‍याइने सुन उनले अनकूल समयमा बाहिर निकाली भरियामार्फत तोकिएका स्थानमा पठाउँथे । यसबापत खत्रीले प्रतिकिलो ५० हजार रुपैयाँ बुझ्थे । आफू तस्करीमा सघाउने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिका नाइके, प्रहरी उच्च अधिकारी र दलका ठूला नेता पक्राउ परे मात्र सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...