बस भित्र अश्लिल क्रियाकलाप गर्दै गर्दा प्रहरीले फेला पारे ,२००० घुस दिने प्रयास |

अन्य

बस भित्र अश्लिल क्रियाकलाप गर्दै गर्दा प्रहरीले फेला पारे ,२००० घुस दिने प्रयास |
अप्रिल २० पोखरा :- पोखरामा बसभित्र युवतीसँग रोमान्स गर्दै गर्दा प्रहरीले देखेपछि घुस दिएर मिलाउन खोज्ने ब्यक्ति पक्राउ परेका छन् । पोखराको पृथ्विचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं को बस भित्र अस्लिल कृयाकलाप गर्दै गर्दा भेटिएका ब्यक्तिले प्रहरीलाई दुई हजार रुपैया घुस दिन खोजेका थिए । तर ती प्रहरीले घुस नलिई उल्टै घुस खोज्ने ब्यक्तिलाई पक्राउ गरे । अस्थायी प्रहरी पोष्ट बसपार्कको डिउटीमा खटिएका प्रहरी जवान किसान परियारले विहिवार राती करिब ९ बजे बसभित्र अस्लिल कृयाकलाप गर्दै गरेको देखेपछि पक्राउ गर्न पुगे । तर उनलाई दुई हजारको लालच देखाइयो । उनी पैसाको लोभमा परेनन् । उल्टो ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेको अभियोगमै पक्राउ गरे । प्रहरीलाई घुस दिन खोज्ने पोखरा लेखनाथ महानगरपालिका ९ का विशालजंग शाही र उनको साथमा रहेकी महिलालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।उनीहरुलाई बैदाम प्रहरीको नियन्त्रणमा राखेर केही सार्वजानिक अपराध मुद्वामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । प्रहरी जवान परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ७ हजार रुपैया नगद सहित पुरस्कृत गरेको छ । साभार :-पिस पोखरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...