युएईमा (COVID – 19 ) कोरोना भाइरसबाट अर्को दुई नेपाली संक्रमित।

अन्य

युएईमा (COVID – 19 ) कोरोना भाइरसबाट अर्को  दुई नेपाली संक्रमित।
मार्च २८ फिष्टेल न्यूज युएई :- युएईको स्वास्थ्य र रोकथाम मन्त्रालय (Ministry of Health and Prevention) MOHAP ले जारी गरेको सूचना अनुसार युएईमा थप दुई जना नेपालीमा COVID-19 को संक्रमण भएको जनाएको छ।संक्रमित भएका दुई नेपालीको अवस्था स्थिर रहेको छ भने हाल युएईमै उपचार भइरहेको छ । यसअघि पनि दुई जना नेपालीमा COVID - 19 को संक्रमण देखिएको थियो। केही समयको उपचार पश्चात् दुई जना नेपाली पुर्णरुपमा स्वास्थ्य ठिक भइ अस्पतालबाट डिस्चार्ज भइ सकेको छ । युएईको उपचार-पद्धति उच्चस्तरको मानिन्छ। युएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू तुलनात्मक रूपमा युवा उमेर समूहका रहेको र उहाँहरू पनि चाँडै नै स्वास्थ्य लाभ गरी निवास फर्कनु हुनेछ भन्नू हुँदै नेपाल राजदुतावास युएईका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। उक्त मन्त्रालयले जनाए अनुसार युएईमा COVID-19 को संक्रमण प्राय: विदेशबाट आएका वा संक्रमण भइसकेका व्यक्तिहरूको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेका मानिसहरूमा देखिएको छ। युएई सरकारले यसको नियन्त्रणका लागि ज्यादै महत्वपूर्ण पहल र प्रयत्नहरू गर्दै आएको देखिन्छ। हालका दिनहरूमा भइरहेको सार्वजनिक स्थलहरूको सरसफाइ र किटाणुशोधन (disinfection) प्रशंसा गर्न लायक पाइन्छ। तसर्थ, युएईमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नआत्तिन, नेपाल सरकार, युएई सरकार र नेपाली राजदूतावास अबुधाबीले बेलाबेलामा जारी गरेका सूचनाहरूको पालना गर्न,अत्यावश्यक कामबाहेक निवास बाहिर नजान र कुनै अप्ठ्यारो परेमा राजदूतावासमा सम्पर्क गर्न , निवासमा रहँदा सामाजिक संजालहरू मार्फत घरपरिवार र साथी भाइहरू सँग सम्पर्कमा रहनुको साथै योग, ध्यान र घरभित्रै गरिने शारीरिक अभ्यासहरू (Exercise) र रुचिअनुसारका सिर्जनशील कामहरू गरी सकारात्मक सोच र उच्च मनोबलका साथ खुसी र सुखी रहन नेपाल राजदुतावास युएईका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले अनुरोध गर्नु भएको छ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...