कतारमा १५० नेपाली सहित ९०० जना बिदेशी कामदार अलपत्र |

विदेश

कतारमा १५० नेपाली सहित ९०० जना बिदेशी कामदार अलपत्र |
असोज १७ दोहा:- कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदार अलपत्र परेका छन। कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार नगर्न भएपछि उनीहरु अलपत्र परेका हुन। “कम्पनीले तलब दिदैन खान बस्न पनि समस्या छ ।बत्ति पानी पनि छैन अहिले विभिन्न संघ सस्थाको सहयोगमा बाचेका छौ “पीडितको भनाइ छ। कम्पनीले वास्ता नगरेपछि मंग्लवार ३२ जना पीडित कतार स्थित नेपाली दूतावासमा गएका भएपनि दूतावासले बैकल्पिक काम खोजेर रिलिज लिन अथवा टिकट काटेर स्वदेश फर्किन सुझाव दिएको पीडितहरु बताउछन्। आफुहरु नेपाल बाट श्रम स्वीकृत लिएर बैधानिक रूपमा कतार आएको भएपनी दूतावासले न्यायका लागि कुनै ठोस पहल गरेको छैन रगत पसिना बगायर काम गरेका छौ ५ महिनाको तलब पनि दिएको छैन घर बाट पैसा मागेर कसरी स्वदेश फर्किनु पीडितको गुनासो छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...