गोरखाका तारा बहादुर गुरुङको युएईको रसिद अस्पतालमा निधन ।

विदेश

गोरखाका तारा बहादुर गुरुङको युएईको रसिद अस्पतालमा निधन ।
भदौं ९ मान सिङ गुरुङ (मानु कोन्मे),युएई: - वैदेशिक रोजगारीका लागि चार महिना अगाडी काठमाण्डौ सामाखुशीमा रहेको अञ्जली ओभरसिज मार्फत संयुक्त अरब इमिरेट्स दुबई युएईको ब्लु डायमण्ड सेक्युरिटी सर्भिस कम्पनीको सुरक्षागार्डमा कार्यरत गोरखा गण्डकी गाउँपालिका - १ मकैसिङग घर भएका तारा बहादुर गुरुङ २०१८ अगस्ट ०८ तारिख ड्युटीको समयमा अचानक् भुइमा लडेर बेहोस भइ अस्पतालमा अगस्ट ८ तारिख देखी अर्धचेत अवस्थामा उपचार गराइ रहेको थियो । उनलाई ब्रेन ट्युमर भएको अस्पतालका डाक्टरले बताएका थिए। उपचारकै क्रममा यहि २०१८ अगस्ट २३ तारिख तारा बहादुर गुरुङ्को रसिद अस्पतालमा निधन भएको छ।हाल सम्म गुरुङ सब वर दुबई युएईको रसिद अस्पतालमा रहेको मृत गुरुङका साथि श्याम बहादुर माजाकोटीले बताउनु भएको छ। गुरुङ नेपाली सेनाका आवकास प्राप्त सैनिक हुन भने उनको घरमा आमा,श्रीमती र एक छोरा मात्र रहेको उनका साथिले बताएका छन्।मृतकको सव लाई चांडो भन्दा चांडो नेपाल पठाउने वातावरण मिलाइ दिन आबुधाबी स्थित नेपाल राजदुतावास संग कुटनितिक पहल गरि दिन सम्बन्धित निकाय लाई आग्रह गरेको उनका साथी श्याम बहादुर माजाकोटीले बताइएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...