कतारमा बैशाख पुर्णिमा पितृ स्मरण भेटघाट कार्यक्रम सम्पन्न ।

विदेश

कतारमा  बैशाख पुर्णिमा पितृ स्मरण भेटघाट कार्यक्रम सम्पन्न ।
मे ५ चन्द्र ल्हेगें तमु दोहा कतार: – बैदेशिक रोजगारको सिलसिलामा नेपालको पुर्ब देखि पश्चिम सम्मको विभिन्न ठाउबाट हाल कतार आई बिभिन्न स्थानमा छरिएर रही आ-आफ्नो पेशामा कार्यरत रहेका तमु दाजु-भाई, दिदि-बहिनीहरुलाई गोल्बन्दी परिचित गर्ने हेतुले साथै बैशाख पुर्णिामाको अबसर पारी तमु जातिको पाचौ पर्बको रुपमा पराम्परा देखि मानि आएको पितृ स्मरण (वायु पुजा) तथा भेटघाट कार्यक्रम २०१८ अध्यक्ष संग्राम पह्च्यु तमुको अध्यक्षतामा, संघको संरक्षक युद्धजङ प्ह्च्यु तमुको बिशेष अतिथीमा ४ मे २०१८ शुक्रबारको दिन दोहाको नज्मा स्थित गोरखा नेपाली रेस्टुरेन्टको पार्टी हलमा सभ्य र भब्य रुपमा सु सम्पन्न गरियो । अतिथिको रुपमा प्रमुख सल्लाहकार अमर ल्हेगें तमु, आश बहादुर योज्मे तमु, ईच्छे प्हच्यु तमु, अनिता क्रोम्छे तमुस्यो, बिभागिय संयोजक एवं ओपि ल्हेगे तमु अक्षय कोषको संयोजक राम ल्हेगे तमु, सांस्कृतिक सह-संयोजक शिबराज चाक्ली तमु, महिला विभागको सहसंयोजक सारा लेम तमुस्यो, यातायात ब्यबस्थापनमा सहयोग गर्दै आउनु भएको हस्त ल्हेगें तमु, निबर्तमान सस्थापक प्रमुख सल्लाहकार चन्द्र प्रकास ल्हेगें तमु, बरिस्ट सदस्य बद्री ल्हेगे तमु, भर्खरै कतार आउनु भएको तमु समाज ओमनको निबर्तमान महासचिब देब बहादुर च्होर्मे तमु, नब पच्यु चिवा जीवन ल्हेगें तमु र निबर्तमान तमु प्ये ल्हु संघ जिल्ला शाखा चितवनको सदस्य एवं ईकाई शाखा माधबपुरको अध्यक्ष भुपाल टु क्ल्हेप्री तमु रहनु भएको थियो । साथै संघको कार्यसमिति पदाधिकारीहरु लगाएत नव अगन्तुक तमु दाजुभाई दिदिबहिनीको उल्लेखनीय उपस्थिति रहेको थियो । यस कार्यक्रम सभापति, संरक्षक र प्रमुख सल्लाहकारको संयुक्त हस्तबहली बाट तमुको जातिको पबित्र आस्था क्होईबोमा दियो प्रज्लन तथा माल्यअर्पण गरि औपचारिक कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाली राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा एक मिनेट पितृहरुको सम्झनामा मौन धारणा गरिएको थियो । कोषाध्यक्ष रबिन्द्र प्ल्हेमे तमुको स्वागत मनब्य संगै बैशाख पुर्णिमा-पित्री स्मरण (वायु पुजा) महत्वको बारेमा संरक्षक युद्धजङ प्ह्च्यु तमुले बिस्तृत रुपमा जानकारी गराउदै आफ्नो धारणा राख्नु भएको थियो । प्रमुख सल्लाहकार अमर ल्हेंगे तमुले कतारमा तमु प्ये ल्हु संघको औचित्य, आबस्यकता र अबस्था बारे प्रस्ट पार्नु हुदै बैशाख पुर्णिमाको मिठो शुभकामना मन्तब्य राख्नु भएको थियो l शुभकामना मन्तव्यको क्रममा सल्लाहकार सदस्य आश ब. योज्मे तमु, निबर्तमान सस्थापक प्रमुख सल्लाहकार, चन्द्र प्रकाश ल्हेंगे तमु, बरिस्ट सदस्य बद्रि ल्हेंगे तमुले उपस्थित सम्पूर्णलाई बैशाख पुर्णिमाको आसिमाला दिनु हुदै प्रदेशको ठाउमा पनि हाम्रो तमुहरुको मौलिक पहिचान बोकेको चाड पर्बहरु मनाउन र सबैलाई चिनाउन संघले खेलेको भूमिका बारेमा खुसि व्यक्त गर्दै छोटो मन्तब्य राख्नु भएको थियो l औपचारिक परिचयात्मक कार्यक्रम भएको हुदा उपस्थित सम्पुर्णले आ-आफ्नो परिचय दिनु भएको थियो यसै क्रममा नव सदस्य अतिथी ज्युहरु देब बहादुर च्होर्मे तमु, भुपाल टु क्ल्हेप्री तमु र पच्यु चिवा जीवन ल्हेगें तमुहरुले पनि सबै सामु आ-आफ्नो परिचय दिनु हुदै, बिगतका दिनमा तमु समुदाय भित्रको सम्बन्धलाई नजिक बनाउने र विभिन्न सामाजिक काम गर्दै सम्पूर्ण तमुहरु एकता हुनु पर्ने कुरा सिकेको भए पनि अझै तमु मौलिकता, तमु प्ये ता ल्हु ता लाई बारेमा जान्न बुझ्न र सके सम्मको सहयोग गर्ने देब बहादुर च्होर्मे तमु, प्रतिबद्धता जनाउनु भएको थियो l तमु मौलिकता बारेमा सिकेको, जानेको कुरालाई यो प्रदेशको ठाउमा पनि सम्पूर्ण तमुहरुकोलाई सके सम्म सिकाउने र तमु प्ये ल्हु संघको लागी सधै सहयोगमा तत्पर रहने खेगी पच्यु चिवा जिबन ल्हेंगे तमु बताउनु भएको थियो l तिनै जना नब आगन्तुक अतिथि सदस्यज्युहरुलाई स्वागत स्वरुप मायाको चिनो सस्थाको लोगो अंकित टिसर्ट कार्यक्रमको सभापति तथा संघको अध्यक्ष संग्राम प्हच्यु तमुले हस्तान्तरण गरि सम्मान गर्नु थियो । संस्थाले दिनु भएको माया सद्भावले अति नै खुसी भएको र आगमी दिनहरुमा सस्थालाई आफुले सक्दो सहयोग र योगदान दिदै जाने छु भनी भुपाल टु क्ल्हेप्री तमुले पनि वचन प्रतिबद्धता आफ्नो मन्तब्यको क्रममा ब्यक्त गर्नु भएको थियो l कलाकारहरुबाट मिठो चुड्का गाना र नाच प्रस्तुत गर्दै रमाइलो बातावरणमा, यस बैशाख पुर्णिमा-पित्री स्मरण (वायु पुजा) को प्रसाद स्वरूप फलफुलको परिकार सम्पूर्णले ग्रहण गर्नु भएको थियो l अन्त्यमा, यहाँहरुको सहयोग र सद्भावले यो कार्यक्रम सफल बनाउन सफल अतुल्यनिया भूमिकारहेको बताउदै आगामी दिनहरुमा कतारमा कार्यरत सम्पुर्ण तमुहरु आफ्नो संस्कार संस्कृति भाषा पहिचान प्रती संरक्षण सम्बर्द्धन र बिकासको साथ साथै सामाजिक कार्य प्रती संस्थामा आबद्ध भई अग्रसर हुन र अगाडि बढ्नु पर्छ, हाम्रो भाईचार आत्मीय माया अझ प्रगाढ बन्नेछ भन्ने संदेशको साथ कार्यक्रममा उपस्तिथि सम्पुर्णलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दै अध्यक्ष तथा कार्यक्रमको सभापति संग्राम प्हच्यु तमु मार्फत कार्यक्रम समापन गर्नु भयो । कार्यक्रमको संचालकको भुमिका सचिब चन्द्र ल्हेगें तमुले गर्नु भएको थियो भने कार्यक्रम समापन पछी मिठो खानको परिकार उपस्थित सम्पूर्णले ग्रहण गर्दै कार्यक्रम सकिएको थियो l m

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...