जापानको ओसाका शहरमा गएको भूकम्पमा ३ जनाको मृत्यु |

विदेश

जापानको ओसाका शहरमा गएको भूकम्पमा ३ जनाको मृत्यु |
जुन १८ टोक्यो :-जापानको ‌ओसाका शहरमा गएको भूकम्पका कारण ३ जनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन्।बिहान ७ बजेट ५८ मिनेटमा गएको भूकम्पले बिहानीपखको व्यस्त समयमा यातायात प्रणालीलाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो।रेल सेवाहरू ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए।अमेरिकी भूगर्वविद्हरूले उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्युडको भएको बताएका छन्। जापानी सञ्चारमाध्यमहरूका अनुसार ओसाका महानगरको उत्तरी भागमा केन्द्रबिन्दु रहेको त्यो भूकम्प ६ दशमलव ३ म्याग्निच्युडको थियो। भूकम्पका कारण घरहरू भत्किएका र खानेपानीको प्रणालीमा पनि क्षति भएका खबर छन्।तर जापानको कडा भवन निर्माण मापपदण्ड पालना गरेर ठूला भवनहरू बनाइएकोले धेरै ठूलो क्षति हुन पाएन।सन् १९९५ मा दक्षिणी जापानको कोबे नगरमामा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले ६ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।   bbcnews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...