दक्षिण अफ्रिकामा एम्बुसमा परि ११ ट्याक्सी चालकको मृत्यु |

विदेश

दक्षिण अफ्रिकामा एम्बुसमा परि ११ ट्याक्सी चालकको मृत्यु |
जुलाई २३ काठमाडौँ :- दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा बन्दुकधारीको एम्बुसमा परी ११ जना ट्याक्सीचालक मारिएका छन् भने चार जनालाई घाइते भएकाछन।स्थानीय समयअनुसार शनिबार राति जोहानेसवर्गबाट हिँडेका उनीहरुको मिनिबस एम्बुसमा परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनामा घाइते भएका चारजनाको अवस्था गम्भीर रहेको छ । तटीय क्षेत्र क्वा जुलु नतालमा साथीको अत्येन्टिबाट उनीहरु फर्कंदै थिए ।आक्रमणको कारण खुल्न नसकेपनि मिनिबस ट्याक्सी रुटमा विभिन्न समहूबीच प्रतिस्पर्धा रहने गर्दा विगतमा हिंसाका घटना हुने गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...