उत्तर कोरियाली राष्ट्रपती किमले कोरियाली प्रायदीपमा परमाणु निश्शास्त्रीकरण गर्ने प्रतिबद्दता |

विदेश

उत्तर कोरियाली राष्ट्रपती  किमले कोरियाली प्रायदीपमा परमाणु निश्शास्त्रीकरण गर्ने प्रतिबद्दता |

मार्च २८ बेइजिङ:- उत्तर कोरियाली नेता किम जङ-अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ।राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ।उत्तर कोरियाले गरेका प्रयासहरूलाई 'दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्ने' किमले जनाएका छन्।

७ वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आगामी मे महिनामा हुने भनिएको शिखर बैठकअघि किमले चीनको भ्रमण गरेका छन्।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार, सो भ्रमण 'उत्तर कोरियामाथि अधिकतम दबाब प्रयोग गर्ने अभियानले प्योङयाङसँग वार्ता गर्न अनुकूल वातावरण बनाउनेतर्फ काम गरिरहेको थप प्रमाण हो'।

सोलले पनि किमको चीन भ्रमणको स्वागत गरेको छ।एप्रिल महिनामा किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनलाई भेट गर्दैछन्।चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...