इजरायलमा तामांग ल्होछार मनाउने तयारि तिब्र |

जनजाती बिशेस    विदेश

जनवरी २ तेल अभिव :-इजरायलमा तामांग समुदायको सोनाम ल्होछार मनाउने भएको छ |नेपाल तामाङ घेदुङ,इजरायलको योजनामा तामाङ समुदायको महान राष्ट्रिय पहिचान बोकेको धार्मिक ,संस्कृतिक पर्ब २८५४ सोनाम ल्होछार (खी /नागि ल्हो /कुकुर बर्ष)को धुमधाम रुपले मनाउनको लागि तामाङ घेदुङ,इजरायलले तिब्र रुपले तयारि गरिरहेको छ |ल्होछार भब्य रुपले मनाउनको लागि बरिष्ठ सल्लाहकार नानी माया योञ्जन तामांगको संयोजकत्वमा समिति गठन गरि तिब्र तयारी भैरहेकोछ|आउने जनवरी १९ शुक्रबार तेल अभिव स्थित किबुज गलुयोत -४६ स्तुपा हलमा हुने भनिएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकप्रिय सेलो गायक तथा संगीतकार बिश्व दोङ तामाङ, चर्चित संगीतकार तथा गायक टीका बोम्जन तामाङ चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङको बिशेस प्रस्तुति रहने कार्यक्रम संयोजक नानी माया योञ्जन तामांगले बताउनु भयो छ | साथै स्थानीय कलाकारहरुले तामांग सस्कार सस्कृति झल्किने सास्कृतिक कार्यक्रमहरुको साथमा रात्रीभोजको ब्यबस्था रहेको छ ,भने कार्यक्रम स्थल सम्म जनाको लागि बस(यातायात)को सुबिधा उपलब्ध  गराउने भएको वहाले बताउनु भयो |

कार्यक्रमलाई अझै आकर्षक तथा मनोरन्जनात्मक बनाउनको निमित्त टिकटको सिरियल नम्बर गोला प्रथाद्वारा लक्की ड्र मार्फत उपहार स्वरूप Samsung j 7 Nxt राखिएको संस्थाको महासचिब गोमा ख्युङबा तामाङले जानकारी दिनु भएको छ | सोनाम ल्होछार साँझ-२०१८ कार्यक्रममा गरिमामय उपस्तिथीको लागि सम्पूर्ण तामांग समुदाय तथा सम्पूर्ण नेपाली दाज्युभाई दिदि बैनीहरुमा नेपाल तामाङ घेदुङ,इजरायलद्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |

सोनाम ल्होछार साँझ-२०१८

आयोजक :-नेपाल तामाङ घेदुङ,इजरायल

मिति :-जनवरी १९ शुक्रबार

समय :- सांझा ७ बजे

स्थान :-किबुज गलुयोत -४६ तेल अविव


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...