तमु प्ये ल्हु संघ युएईको तमु च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।

विदेश

तमु प्ये ल्हु संघ युएईको तमु च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
डिसेम्बर ३१ युएई मनु कोंमे तमु :-तमु प्ये ल्हु संघ युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि भव्यरुपमा युएईको दुबई स्थित अल्कुज डुल्स्को हल स्पोर्ट्स कम्प्लेक्समा मनाउन गइरहेको तमु समुदायको मौलिक महान चाड तमु च्यु ल्होसार (मुसा वर्ग) बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ। उक्त कार्यक्रममा ल्हो (वर्ग) अनुसार ल्हो बिदाइ र ल्हो आगमन हुने व्यक्तिहरु लाई खेगी चिवाहरु द्वारा रुपा (रिपा) धागो लगइ स्याइ स्याइ गर्ने कार्यक्रम रहेको छ भने तमु जाति (समुदाय) मौलिकता झल्काउने खेगी चिवाहरु द्वारा आशिमाला र्झांकी प्रस्तुति गर्ने भएको छ। बृहत् सांस्कृतिक कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकारको रुपमा सर्जक, संगितकार एवं वरिष्ठ गायक कृष्ण क्रोम्छे गुरुङ , तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका महासचिव, कलाकार एवं गुरुङ चलचित्रका कोरियोग्राफर पबित्र पहच्यु गुरुङ र सक्रिय सदस्य एवं कलाकार देउ बहादुर ( मिथुन) भुच्चा गुरुङ युएई आउने भएको छ भने कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार सर्जक,संगितकार एवं वरिष्ठ गायक कृष्ण गुरुङको बिशेष सांगीतिक प्रस्तुति सहित कलाकार पबित्र तमुस्यो र कलाकार देउ बहादुर भुच्चा तमुको सांगीतिक धमाका सहित युएईमा चर्चित नेपाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । उक्त ल्होसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न र सफल बनाउनको लागि युएईमा स्थापित संघ संस्थाका प्रमुख , प्रतिनिधि, व्यवसायी, समाजसेवी,दाजुभाइ तथा दिदिबहिनीहरु लाई गरिमामय उपस्थितिको लागि तमु प्ये ल्हु संघ युएईका उपाध्यक्ष एवं तमु च्यु ल्होसार कार्यक्रम संयोजक खेम पहच्यु गुरुङले हार्दिक निमन्त्रणा समेत गरेका छ। कार्यक्रमको थप जानकारीको लागि सम्पर्क व्यक्ति कार्यक्रम संयोजक तथा तमु प्ये ल्हु संघ युएई उपाध्यक्ष खेम पहच्यु गुरुङ - ०५०४८५१०३५ , अध्यक्ष भिम (सबिनय) लम गुरुङ - ५५१७३६८९६ , महासचिव सशिला भुच्चा गुरुङ - ५५४७४९६८३ र पुर्व अध्यक्ष एवं वर्तमान वरिष्ठ सल्लाहकार मुक्ति टु क्लेप्री गुरुङ - ५८८९५८२१९ रहेछ भने यातायात व्यवस्थापनको लागि सम्पर्क व्यक्तिहरुमा देव क्रोम्छे गुरुङ ( दुबई ) - ०५६३००१६६९,लोक च्याक्ली गुरुङ ( अजमान) - ०५०९७७२४०८ , ओम प्रकाश लेम गुरुङ - ५५८९५७३९२, खेम पहच्यु गुरुङ (सारजाह ) र आइत ल्हेगे गुरुङ (अबुधाबी ) - ०५५१८३९१२० रहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...