नेपाल सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्दी |

अन्य

नेपाल सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्दी |
माघ २० काठमाडौँ :-नेपाल सरकारले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलमा ९७ रुपैयाँ पुगेको छ ।नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो । निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...