नेपाल आदिवासी जनजाती महासंघ इजरायलले बार्षिर्कोत्सव तथा साधारण सभाको तयारी गर्दै।

जनजाती बिशेस    विदेश

नेपाल आदिवासी जनजाती महासंघ इजरायलले बार्षिर्कोत्सव तथा साधारण सभाको तयारी गर्दै।
मे २३ तेल अभीव :-नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गर्ने तयारी भइरहेको छ। बैदेशिक रोजगारीको लागि इजरायलमा रहेका आदिवासी जनजातीहरुको आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृति, परम्परागत मौलिक रितिरिवाजहरु संरक्षण तथा सम्बर्धन गर्न , सामाजिक, शैक्षिक र राजनीतिक रुपमा राज्यले लामो समय देखि थिचोमिचो पारेको बिषयमा सबै उत्पीडित समुदायलाई सचेत गराउने र एक जुट भएर आफ्नो अधिकारहरु प्राप्त गर्न महासंघ केन्द्रले चालेको कदमहरुलाई प्रवासमा बसेर पनि गर्न सकिने सहयोगहरु गर्ने उदेश्यले स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलले सात बर्ष पुरा गरेको अवसरमा सातौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम जुन १४ तारिख २०१९ शुक्रबार साँझ इजरायलको तेलविव शहर स्थित ओल्फसन- ६६ नम्बरको हलमा गर्ने तयारि भईरहेको महासचिव समीर लामा श्याङ्बाले बताउनु भएको छ । आठ वटा जातीय संगठनहरु सदस्य रहेको यस महासंघले ई।सं २०१२ जुनमा स्थापना काल देखि नै सशक्त्त ढंगले आफ्नो उदेश्य अनुरुप समयानुसार विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आइरहेकोछ।यस कार्यक्रमममा उपस्थीत भै कार्यक्रम सफल बनाई दिनुहुन सम्पूर्ण पहिचान प्रेमी नेपाली दाज्युभाई दिदी बैनीमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलले अनुरोध गरेको छ ।

''सातौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम '' मिती :-जुन १४ -२०१९ स्थान :-ओल्फसन- ६६ तेल -अभीव समय :-७ :३० बजे साँझ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...