कुवेत एन आर एनका महिला संयोजक लिम्बु मनाव तस्करीमा संग्लग्न |

अपराध    विदेश

अप्रिल २९ काठमाडौँ :- गैर आवासीय नेपाली संघ कुवेतकी महिला संयोजक सुस्मिता लिम्बू मानव तस्करी संलग्न रहेको रहस्य खुलेको छ ।धरान घर भै लामो समयदेखि कुवेतमा बस्दै आएकी लिम्बूले नेपालबाट अवैधानिक बाटो हुँदै महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी कुवेत पुऱ्याउने र त्यहाँ पुऱ्याइ स्थानीय व्यक्तिहरूको घरमा मोटो रकम लिएर बेच्ने गरेको स्रोतले जानकारी दिएको छ । लिम्बूले आफू एनआरएन भित्र रहेको र आफुले भने अनुसार नै दूतावासले गर्ने भन्दै नेपाल फर्कन चाहने हो भने २ लाख ५० हजार रुपैयाँ आफुलाइ बुझाउनु पर्ने अन्यथा पासपोर्ट नै नदिने धम्की दिने गरेको बुझिएको छ ।लिम्बूले काम-कमाई राम्रो रहेकाले चिन्ता लिनु नपर्ने भन्दै कुवेत पुऱ्याइएका इलामकी संजामाया तामाङ, हेटौंडाकी सीता गोले र मोरङकी इन्द्रकला लिम्बू १५ महिनादेखि त्यहाँ अलपत्र अवस्थामा रहेका छन् । उनीहरूलाई लिम्बूले आफू पनि महिला नै भएकाले सबै समस्या बुझ्ने भन्दै नेपालबाट लिएर गएको बुझिएको छ ।तर यहाँ आएपछि मात्र उनीहरूले आफूहरू बेचिएको थाहा पाएको स्रोतले उल्लेख गर्दछ ।पीडितहरूलाई उद्धृत गर्दै स्रोत भन्छ, “उनीहरूले काम गरेको तलब त पाएनन् पाएनन् उल्टै शारीरिक र मानसिक यातना सहनु पऱ्यो।” उनीहरूलाई घर मालिकले घरबाट निस्कन नदिने गरेको र जस्तोसुकै बिरामी भए पनि काममा जोताइराख्ने गरेको बुझिएको छ ।कुवेतस्थित नेपाली दूतावासले भने मानव तस्करीमा संलग्न लिम्बुलाई कुनै पनि प्रकारको कानुनी कारवाही प्रक्रिया अगाडि नबढाएको भएपनि सेल्टरमा रहेका महिला लाई भने आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...